स्वास्थ्य सेवाका कर्मचारीको समयोजन ऐन विपरितः चिकित्सक संघ « Khabarhub

स्वास्थ्य सेवाका कर्मचारीको समयोजन ऐन विपरितः चिकित्सक संघ


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ऐन विपरित भएको भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चिकित्सकहरुको पदस्थापन कर्मचारी समायोजन ऐन र जेष्ठता बमोजिम नभएको भन्दै संघले मंगलबार विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पूर्वाग्रही ढंगबाट कुनै व्यक्ति विशेषलाई लक्षित गर्दै शक्ति र दबाबमा समायोजन तथा पदस्थापन गरिएको संघको आरोप छ । चिकित्सकहरुको समायोजन विवादास्पद र गैर न्यायिक निर्णयले समग्र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पुग्ने संघको दाबी छ ।

संघले निश्चित कार्यविधि र मापदण्ड बैज्ञानिक एवं पारदर्शीरुपमा तयार गरी कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : ०४ बजे

मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती

जनकपुरधाम– दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती पुगेको

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव

लघुवित्त पीडित आज पनि धर्नामा (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा

कप्तानगञ्ज तनाव साम्य बन्दै, छानबिन टोली घटनास्थलमा

काठमाडौं– सुनसरीको कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न भएको तनाव अहिले साम्य