राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा : सवारी साधनको जोखिम भार घट्यो « Khabarhub

राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा : सवारी साधनको जोखिम भार घट्यो


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८०-८१ को मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गर्दै ऋण प्रवाहदेखि, घरजग्गा धितोमा ऋण प्रवाह, बैंक तथा वित्तीय संस्थाको पुँजीकोष लगायतका विषयहरूमा खुकुलो नीति लिएको छ ।

नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जामा विद्यमान रहेको १२५ प्रतिशत जोखिमभारलाई घटाएर १०० प्रतिशतमा कायम गरेको छ । 

‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ’, मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।

त्यस्तै, घरजग्गामा प्रवाह हुने ऋणमा खुकुलो नीति लिँदै ऋण भुक्तानी आम्दानी अनुपातलाई घटाइएको छ । घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने समीक्षामा उल्लेख गरिएको छ ।

साथै नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानी सम्बन्धी दरलाई पनि समीक्षामार्फत् कटौती गर्ने काम गरेको छ । ‘बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने 

विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ’, समीक्षामा भनिएको छ ।

राष्ट्र बैंकले आन्तरिक तथा वाह्य आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान ५.५ प्रतिशतको नीतिगत दर, ब्याजदर करिडोर अन्तर्गतको ३.० प्रतिशतको निक्षेप संकलन दर र ७.० प्रतिशतको बैंक दरलाई यथावत राखिएको जनाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  १२ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै