घरबाट साङ्ला कसरी भगाउने ? « Khabarhub

घरबाट साङ्ला कसरी भगाउने ?


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


34.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मी बढेसँगै प्रायः भान्सामा साङ्ला सलबलाउन थाल्दछन् । कतिलाई साङ्ग्ला घिनलाग्दा लाग्छन् भने धेरै महिला त योसँग डराउनेसमेत गर्दछन् । साङ्ग्लाले खाना, कपडा लगायत कोठाका धेरै सामग्रीमा क्षति पुर्‍याउँछ ।

साङ्ला गर्मीमा एकदमै छिटो फैलन्छ । यसको सन्तान पैदा गर्ने क्षमता समेत उच्च हुन्छ । साथै यसलाई सजिलै मार्न पनि सकिँदैन । किनभने यसको टाउको छिनाइयो भनेसमेत केही दिनसम्म यो जीवित रहन सक्छ । यो प्राय: भान्साको कुनाकाप्चा, खाट, दराज आदिमा लुकेर बस्छ । यसरी लुकेर बस्ने साङ्ला भगाउन केही घरेलु विधि पनि अपनाउन सकिन्छ ।

यी उपायहरू अपनाउनु होस् : 

१. साङ्ला भगाउने पहिलो उपाय हो यसलाई अनुकूल नहुने गरी घरको सरसफाइ गर्नु । किनभने सफा र उज्यालो स्थान साङ्लालाई अनुकूल हुँदैन ।

२. लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिसेर बनाइएको पेस्टलाई पानीमा मिसाएर घोल तयार पार्ने । उक्त घोललाई एउटा बोतलमा राखेर साङला बस्ने कुना काप्चामा नियमित छर्कने गरेमा केही समयमै साङ्लाको समस्याबाट राहत मिल्दछ ।

३. सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्लो बस्ने स्थानमा राख्ने । यसको छेवैमा थोरै पानी पनि राखिदिने । सोडा खाएपछि यसले पानी पिउँछ र मर्छ । बेकिङ सोडा यसको पेटमा गएपछि हानी पुर्‍याउँछ ।

४. पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसकालागि कुनै पनि साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यमबाट साङ्ला बस्ने ठाउँमा छर्कनुपर्छ ।

बजारमा पाउने औषधिहरू

–  लक्ष्मण रेखा हामी सबैलाई थाहा छ यो साङ्ला मार्ने उत्कृष्ट उत्पादन हो । यो सेतो प्याकेटभित्र चक हुन्छ । चकले धर्को घरको ठाउँ ठाउँमा कोर्ने र साङ्लाले त्यो धर्को नाघेमा मर्छन् ।

– बजारमा पाइने एन्टिरोच जेल साङ्ला भगाउने प्रभावकारी सामग्री हो ।  यसमा साङ्लालाई आकर्षित गर्ने तरलता भएकोले यसको सेवनले साङला मर्छन् ।  यो औषधि प्रयोग गर्न पनि सजिलो छ  । भान्सादेखि घरको  कुनाकाप्चा नछोडी यो झोल १०-२० थोपा राख्दिनुपर्छ ।

– रेड हिट कक्रोच किलर स्प्रेलेको प्रयोगले पनि साङला हटाउन सकिन्छ ।

– मोर्टिनको खुबीले घरभित्र साङ्लो मात्र नभई अन्य लामखुट्टे र कीराहरू पनि मार्न सक्छ । यसलाई बोतल एक छिन हल्लाएर साङ्ला भएको ठाउँमा छर्किनुपर्छ ।

– अर्को बेगन स्प्रेकाे पनि प्रयोग गर्न सकिन्छ । यसबाट निस्किने जेलले साङ्लालाई आफूतर्फ आकर्षित गर्छ र त्यसलाई खान बाध्य बनाइ  साङ्ला मर्छ ।

तर यसमा भएको केमिकल कडा हुने भएकाले छाला, आँखा र कपडामा पार्नु हुँदैन । त्यसैले, स्प्रे छर्किँदा सावधानी अपनाउनुपर्छ । त्यस्तै, घरपालुवा जनावर, बोटबिरुवा र भाँडामा पनि पर्न दिनुहुँदैन ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  १२ : २६ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको