सबै विपक्षी जुटाएर मोर्चा कस्ने कांग्रेसको रणनीति, को को सहभागी भए बैठकमा ? | Khabarhub Khabarhub

सबै विपक्षी जुटाएर मोर्चा कस्ने कांग्रेसको रणनीति, को को सहभागी भए बैठकमा ?


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सबै विपक्षी दलहरूलाई जुटाएर सत्ता गठबन्धनविरुद्ध मोर्चा कस्ने रणनीति बनाएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सत्तारुढ नेकपा एमालेका सांसदहरूसँग घम्साघम्सी भएपछि कांग्रेसले विपक्षीहरूलाई एकै ठाउँ ल्याउने रणनीति बनाएको हो ।

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे संसदीय छानबिनका लागि सत्तापक्ष तयार नभएपछि कांग्रेसले नयाँ रणनीति बनाउँदै विपक्षीको मोर्चा कस्न लागेको हो ।

त्यसकै लागि कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँबानेश्वरमा विपक्षी दलको बैठक राखेका छन् । विपक्षी दलहरू बैठकमा ब्यस्त भएपछि बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि धकेलिएको छ ।

बैठकमा भर्खरै सत्ताबाट बाहिरिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् । उनीसँगै सांसद राजकिशोर यादव पनि बैठकमा छन् ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही सहभागी छन् । यो बैठकमा बिहीबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गरेका लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् ।

यो बैठकमा देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि बोलाएका थिए । तर पछिल्लो समय सत्ता गठबन्धनसँग असन्तुष्ट उनी प्रतिपक्षीको बैठकमा गएनन् ।

कांग्रेसले सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने अडान राखेको छ ।

तर सत्तापक्ष कांग्रेसको मागमा सहमत छैन । उसले समग्र सहकारीको समस्याबारे छानबिन हुनुपर्ने बताउँदै कांग्रेस व्यक्तिकेन्द्रित राजनीतिमा लागेको आरोप लगाइरहेको छ । त्यहीकारण संघीय संसद्का दुवै सदन अवरुद्ध छन् ।

बिहीबार सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन करिब सहमति भएको थियो । तर, सहमति भाँडियो । बिहीबार प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्रीले सदनको अवरोध हटाउन कांग्रेसको मागअनुसार संसदीय छानबिन समिति बनाउने निर्णयमा पुगेका थिए ।

छानबिन समितिको मस्यौदा बनाउन कांग्रेसबाट जीवन परियार र रास्वपाबाट स्वर्णिम वाग्लेलाई लगाइएको थियो । तर दुवै पक्ष एकअर्काले बनाएको मस्यौदामा सहमत नहुन संसद्‍मा तनाव बढ्यो ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  १२ : ३९ बजे

देउवाले भने- कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कर्मचारी समायोजनमा भएको

होटल व्यवसायलाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

काठमाडौं– जिल्ला होटल व्यवसायी सङ्घले काठमाडौँभित्र सञ्चालनमा रहेका होटललाई सहज

रामहरि खतिवडाले गरे संसदीय सुनुवाइ समितिको सभापतिका लागि मनोनयन दर्ता

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समितिको सभापति

उखु किसानले अनुदान रकम प्राप्त गर्न थाले

काठमाडौं– सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरुप दिने अनुदानवापतको करिब ७५

सामाजिक सञ्जाल बन्द गराउने यी सात उपदफा

काठमाडौँ – सरकारले नेपालमा सूचीकरण नभएका विद्युतीय सामाजिक सञ्जाललाई आजदेखि