किसानलाई अनुदानमा कृषि औजार वितरण « Khabarhub

किसानलाई अनुदानमा कृषि औजार वितरण


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– किसानलाई कृषि पेसामा थप आकर्षित गर्ने उद्देश्यले अनुदानमा कृषि औजार वितरण गरिएको छ ।

पोखरा महानगरपालिका–२६ को सहयोग र वडा कृषि सञ्जालको संयोजनमा विभिन्न कृषक समूह तथा कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण प्रदान गरिएको हो ।

वडा कृषि सञ्जालको संयोजनमा आज आयोजित एक कार्यक्रमकाबीच पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापा, महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले संयुक्तरुपमा ती सामग्री हस्तान्तरण गरेका हुन् ।

कृषकलाई पाँच थान हाते ट्याक्टर, एक सय १० वटा प्लास्टिक त्रिपाल, ४६ वटा प्लास्टिक टनेल, एक सय ८० बाउसा, सात स्प्रे मेसिन, छ वटा तौल जाँच्ने मेसिन हस्तान्तरण गरिएको सञ्जालले जनाएको छ ।

वडाध्यक्ष थापाले उत्पादनमा जोड दिँदै कृषि सञ्जालसँगको समन्वयमा ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण प्रदान गरिएको बताए । सकेसम्म सबै क्षेत्र र समुदायमा समेट्ने गरी वितरण गर्न खोजिएको बताउँदै उनले प्राप्त सामग्रीलाई अधिकतम उपयोग गर्दै उत्पादनमा वृद्धि गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।

महानगरका कृषि महाशाखा प्रमुख कडरियाले यहाँका किसानलाई उत्पादनमा जोड दिँदै आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न अनुदान सहयोगका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । अनुदानमा प्राप्त सामग्रीको अधिकतम उपयोगसँगै सामूहिकरुपमा प्रयोग गर्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

कृषकलाई लक्षित गरी महानगरले विभिन्न कृषिजन्य उत्पादनको समर्थन मूल्यसमेत तोकेको बताउँदै कडरियाले खाली जग्गा नराख्ने गरी कृषकले उत्पादनमा क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए ।

वडा कृषि सञ्जालका संयोजक केशवराज ढुङ्गानाले अनुदानमा वितरित सामानको बहु उपयोग गर्दै अधिकतम फाइदा लिनुपर्नेमा जोड दिए ।

लेखनाथ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मुरारी शर्मा, सिलिङ्गे कृषि सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद रानाभाट, सञ्जालका सहसंयोजक देवी ढुङ्गाना, पशुसेवा केन्द्र लेखनाथका प्रमुख विश्वनाथ गौतम, कृषि सेवा केन्द्रका अधिकृत रामचन्द्र पौडेललगायतले अनुदानमा वितरित सामग्रीको बहु उपयोग गरी उच्च प्रतिफल लिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ४ : ४२ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा