कांग्रेससँग प्रधानमन्त्रीको वार्ता स्थगित, अब शनिबार बालुवाटारमा बस्ने « Khabarhub

कांग्रेससँग प्रधानमन्त्रीको वार्ता स्थगित, अब शनिबार बालुवाटारमा बस्ने


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूबीच शुक्रबार साँझ हुने भनिएको वार्ता स्थगित भएको छ ।

संसद्‌मा जारी गतिरोध अन्त्यको प्रयासस्वरुप प्रधानमन्त्रीको पहलमा संसद्‌मा आन्दोलनरत प्रतिपक्षी कांग्रेससँग हुन लागेको छलफल स्थगित भएको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग हुने भनिएको छलफल स्थगित भएको बताए । तर त्यसको कारण भने उनले खुलाएनन् ।

उता प्रधानमन्त्रीको सचिवालयले भने दाँतको उपचारका लागि फलोअपमा वीर अस्पताल जानु परेकाले आज तय भएको वार्ता स्थगित भएको जनाएको छ ।

लेखककाअनुसार अब प्रधानमन्त्रीसँग शनिबार बिहान साढे ८ बजे सरकारी निवास बालुवाटारमा संवाद हुने उनले बताए ।

प्रधानमन्त्रीले शुक्रबार साँझ ६ बजे कांग्रेस नेताहरूलाई छलफलका लागि बोलाएका थिए । तर प्रधानमन्त्री सत्ता पक्षीय नेताहरूसँग रणनीति तय गर्न जुटेका छन् ।

यसअघि शुक्रबार बिहान कांग्रेसले बोलाएको प्रतिपक्षी दलहरूको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेका थिए ।

 

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ७ : ०७ बजे

स्वास्थ्य बिमा सुधारबारे मन्त्री मेहताद्वारा अस्पताल प्रमुखसँग छलफल

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य

पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि बन्द

मुस्ताङ – यहाँको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ

रौतहटमा बरफ फ्याक्ट्रीमा करेन्ट लागेर एकजनाको मृत्यु

रौतहट – रौतहट जिल्लाको बौधिमाई नगरपालिका–५ कोपवाको बरफ फ्याक्ट्रीमा तार

रेबिजविरुद्धको खोप अभावले सुदूरपश्चिममा समस्या

कञ्चनपुर – सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका

इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम