धनमाल चोरीमा संलग्न रहेकाे आराेपमा छ जना पक्राउ « Khabarhub

धनमाल चोरीमा संलग्न रहेकाे आराेपमा छ जना पक्राउ


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको खोकना स्थित एक घरमा कोही नभएको बेला गहना र आइफोन चोरीमा संलग्न केहि व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ललितपुरको ललितपुर महानगरपालिका-२१ खोकनास्थित नवराज गुरुङ्गको घरमा कोही नभएको समयमा सुन चाँदीका गरगहनाहरू, नगद तथा आइफोन चोर्ने दुईजनालाई बिहीबार पक्राउ गरेका हो ।

पक्राउ पर्नेमा रामेछाप घर भई ललितपुरको खुमल्टार बस्ने कमल थापा मगर र धनलाल मगर रहेका छन् । उनीहरूले गत वैशाख ७ गतेदेखि ९ गतेको बिचमा उक्त घरबाट सामाग्रीहरू चोरी बिक्री समेत गरेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गर्दा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ६ घर भई काठमाण्डौँका बुढानिलकण्ठ नगरपालिका ११ कपन बस्ने सुवास सुनार र सोही नगरपालिका ५ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानीमा सुन–चाँदी पसल संचालन गरी बस्ने रेशम बि.क पनि पक्राउ परेका छन् ।

रमेश र कमलले आफूले चोरी गरेका धनमाल सुवास र रेशमलाई बिक्री गरेका थिए । उनीहरूलाई थप कारबाहीका लागि जिल्ला परिसर ललितपुर पठाइएको छ ।

यस्तै चोरी भएका आइफोन र मोबाइल किनबेच गर्ने काठमाडौंको टोखा नगरपालिका घर भई काठमाडौंको न्युरोडमा पसल सञ्चालन गर्ने योगेश डाँगी र सप्तरीको सुरुंगा नगरपालिका घर भई काठमाडौंको कलकीं बस्ने मोहम्बर समिर पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ७ : ४१ बजे

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असार १० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १० गते बुधबार सन् २०२६

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक