‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक « Khabarhub

‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घनश्याम लामिछानेको निर्देशन रहेको फिल्म ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार युट्युबमार्फत गीत सार्वजनिक गरेको हो ।

राम अविरल यो रोमान्टिक गीतको शब्द कोरेका हुन् । यसमा एसडी योगीको र नभिता पौडेलले रहेको छ । संगीत भने गायक योगी आफैँले भरेका हुन् ।

गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का र गरिमा शर्माबीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ । जेठ २५ बाट यो फिल्म प्रदर्शनमा आउँदै छ । ट्राभल लभस्टोरीमा आधारित यस फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्य

सै फिल्मबाट निश्चल र गरिमाले ठूलो पर्दामा डेब्यू गरेका हुन् । फिल्ममा साम्राज्ञी, निश्चलसहित गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ र मनिष गान्धीको प्रमुख अभिनय रहेको छ ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको यस फिल्म गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य बन्न लागेको हो । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  ८ : ३४ बजे

प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव

काठमाडौं– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव

गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच