मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू | Khabarhub Khabarhub

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू


४ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ ।

आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गरेका हुन् ।

गत मंसिर १७ गते स्थापना गरिएको कार्यलयले मंसिर २७ गतेबाट सेवा सञ्चालन गरेको थियो । कार्यलयका प्रमुख राकेश कुमार यादवले पहिलो चरणमा राजस्व संकलन, सवारी साधन सञ्चालनका लागि रुट अनुमति दिने, चालक अनुमतिपत्र तथा ब्लुबुक नवीकरणलगायतको सेवा प्रवाह गरिएको बताए ।

उनले आजबाट चालक अनुमति पत्रको लागि प्रयोगात्मक सेवासमेत सुरू गरिएको जानकारी दिए । कार्यलय प्रमुख यादवका अनुसार अब कार्यालयबाट साना र ठूला बस तथा ट्रकबाहेक सबै किसिमका चालक अनुमतिपत्रका लागि ‘ट्रायल’ लिन सुरु गरिएको हो ।

यातायात व्यवस्था विभागको निर्णयअनुसार तत्काल सर्लाहीका लागि प्रतिदिन दुई सय मोटरसाईकल, ५० स्कुटर, एक सय जिप तथा कार, १० अट्टो रिक्सा, ५० ट्रयाक्टर र ३०÷३० वटा जेसिबी तथा डोजरको कोटा तय भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८१, शुक्रबार  १० : ४४ बजे

मधेशको मुख्यमन्त्री नियुक्तिबारे विश्वप्रकाश भन्छन्– यो ‘अ–राजनीति’ले संघीयतालाई बदनाम गराउँछ

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहान ४

गण्डकी प्रदेशसभा बैठक आज बस्दै

कास्की– गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । जेन–जी आन्दोलनका क्रममा

सरोज यादव कसरी बने मधेशको मुख्यमन्त्री ? 

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहान

प्रदेश प्रमुख सुवेदीबाट मधेशका जनताप्रति धोका भयो : पूर्व मुख्यमन्त्री सोनल

काठमाडौं– मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले मधेश प्रदेश प्रमुख

मधेश प्रदेश प्रमुखले बाटोमै बनाइन् एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री

काठमाडौं– मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा