कर्णाली प्रदेशका पूर्वाधार विकास मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश « Khabarhub

कर्णाली प्रदेशका पूर्वाधार विकास मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंक कसुर अन्तरगतको मुद्दामा कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
उच्च अदालतले मन्त्री खत्रीलाई पक्राउ गरेर तीनदिनभित्र बयानका लागि पेश गर्न सोमबार आदेश जारी गरेको हो ।

उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले मन्त्री खत्रीसँगै राजुप्रसाद श्रेष्ठलाई पनि पक्राउ गर्न आदेश जारी गरेको सूचना अधिकारी मोहन सुवेदीले जानकारी दिए ।

मन्त्री खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी नक्कली झुटो, किर्ते, बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेका अदालतले ठहर गरेको छ ।

यो प्रकरणमा पाँचै जनाविरुद्ध बैंकिङ कसुर अन्तरगत मुद्दा चलाइएको थियो । अदालतको आदेशमा मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई फरार अभियुक्त भनिएको छ । अन्य अभियुक्तहरू छबिलाल ढकाल, रणधिर तुम्बा र देवजंग शाहीलाई अदालतमा उपस्थित गराइएको थियो । उपस्थित भएका तीनैजनालाई बैंकिङ कसुर अन्तरगत अदालतले ६ लाख बराबरको धरौटी मागेको छ ।

मन्त्री खत्रीको केएसके नामक कन्स्ट्रक्सन कम्पनी सुर्खेतमा छ । ५५–५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी फर्जी बनाउँदा उनी साक्षी बसेका थिए र प्रहरीले उनको बयान पनि संलग्न राखेको थियो ।

बैंक ग्यारेन्टीमा ठेकेदार रणवीर तुम्बा र देवजंग शाहीको प्रत्यक्ष संलग्नता थियो । प्रहरीले प्रतिवादी कायम गरी पठाइएका मन्त्री खत्री र अर्का श्रेष्ठ उपस्थित नदेखिएपछि यस्तो आदेश जारी भएको प्रवक्ता सुवेदीले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ८ : २० बजे

इरान–अमेरिका तनावबीच बेलायतले रुसी तेलसम्बन्धी प्रतिबन्ध कार्यान्वयनमा गर्‍यो ढिलाइ

लन्डन– इरान–अमेरिका तनावका कारण विश्व ऊर्जा बजारमा अस्थिरता बढ्दै गएपछि बेलायत

ढुङ्गाले लागेर बालकको मृत्यु

अदानचुली– हुम्लामा ढुङ्गा लागेर घाइते भएका अदानचुली गाउँपालिका–६ पाल्स गाउँका

वीरगञ्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएन

वीरगञ्ज– सङ्घीय सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई वीरगञ्ज महानगरपालिकाले हाजिर

पूर्वमन्त्री गुप्ता ५० लाख धरौटीमा थुनामुक्त

काठमाडौं– घुस लिएको आरोमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च