बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी « Khabarhub

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकमा संसदीय छानबिन समिति बनाउने सहमति भएको हो । उक्त समितिको टिओआर बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन हुने भएको छ ।

समितिमा गिरीसहित  कांग्रेसबाट जीवन परियार, रास्वपाबाट शिशिर खनाल र एमालेबाट महेश बर्तौला सदस्य रहेका छन् । माओवादीका भने प्रतिनिधि छैनन् ।

टिओआर बनाउन आइतबार बिहानदेखि काम गर्ने संयोजक गिरीले बताए । उनले खबरहबसँग भने, ‘टीओआर लेखन कार्यदल गठन भएको छ । त्यसको संयोजक मलाई दिनुभएको छ । भोलि छलफल गरेर कस्तो समिति बनाउने कुनकुन कुरा राख्ने भनेर सुझाव दिन्छौँ ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समिति बनाएर जाने विषयमा सबै दलको समान धारणा रहेको बताए । उनले भने, ‘सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम किटान नगरी संसदीय छानबिन समिति बनाउन नेपाली कांग्रेस सहमत भएको भन्ने विषय हैन । भोलि कार्यदलले सुझाव दिएपछि कसरी बनाउने भन्ने कुरा आउँछ ।’

उनका अनुसार संसद्को अवरोध खोल्ने कुरामा लगभग सहमति जुटेको छ । तर सत्ता पक्षले समिति बनाउँदा कांग्रेसले राखेका सर्त पुरा हुनुपर्ने बताइएको छ । कांग्रेस सांसद जीवन परियारका अनुसार भोलि बिहान साढे ८ बजे कार्यदलको बैठक बस्ने छ ।

आजको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटारको छलफल गरेका थिए ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ७ : ३० बजे

रोगभन्दा औषधि अभावले बढी पिरोलिँदै क्यान्सरका बिरामी

काठमाडौँ- बजारमा क्यान्सर रोगको उपचारका लागि आवश्यक औषधिको चरम अभाव

आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने

काठमाडौँ – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को

महिलामाथि कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ

सिरहा– सिरहामा दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई

बाघको संरक्षणमा जोड

रौतहट– बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ– गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर