गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार « Khabarhub

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७ जनाको सुरक्षितरूपमा उद्धार गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताए ।

उनले भने, “हाल उनीहरु बाहिर आएका छन् सबै जनाले बाहिर जान चाहेकोमा सोही बमोजिम भएको छ, अन्य तीनजनाका लागि बोल्दिन ।”

उनीहरुको उद्धार जेरुसेलमस्थित अमेरिकी दूतावासको सहयोगमा सम्भव भएको विदेश विभागका प्रवक्ताले जनाएका छन् । उनले अमेरिकी डाक्टरहरू संलग्न समूह र उनीहरुका परिवारसँग सम्पर्कमा रहेको बताए । गाजा नछोड्ने निर्णय गरेका तीनजना डाक्टरसमेतले दूतावासले आफ्नो प्रस्थानलाई सहज बनाउने कुरा बुझेको उद्धृत गर्दै सिएनएनले रिपोर्ट गरेको स्रोतले जनाएको छ ।

दूतावासको टोलीले सीमामा डाक्टरलाई स्वागत गर्न केरेम शालोम क्रसिङ्गमा यात्रा गरेको स्रोतले जनाएको छ । इजरायलले राफाहबाट इजिप्टको सीमा क्रसिँग बन्द गरेपछि त्यहाँ फसेका २० अमेरिकी डाक्टरमध्ये १७ को प्रस्थानपछि सहायता संस्थाले डाक्टरहरूलाई गाजामा फिर्ता ल्याउने चुनौतीको सामना गर्नुपर्ने सिएनएनले जनाएको छ ।

अमेरिकी डाक्टरलाई भाग्न मद्दत गर्ने प्रयाससँग परिचित स्रोतका अनुसार इजरायली सेनाले कब्जा गरेपछि राफाह क्रसिङ्ग बन्द भएकाले उनीहरूको उचित व्यपस्थापन गर्नु प्रमुख चिन्ताको विषय हो ।

राफाह क्रसिङ्ग, सञ्चालनमा रहँदा विदेशी सहायता कामदारका लागि एक मात्र प्रवेश तथा निकास बिन्दु थियो । इजरायली र इजिप्टका अधिकारी अहिलेसम्म यसलाई पुनःखोल्ने सहमति हुन सकेको छैन ।

नफर्किने निर्णय गर्ने डाक्टरमध्ये एक डा एडम हामावी हुनुहुन्छ उहाँले २० वर्ष पहिले पनि इराकमा जीवन बचाउन मद्दत गरेका थिए । यस मामिलासँग परिचित स्रोतका अनुसार उहाँ प्यालेस्टिनी र अमेरिकन मेडिकल एसोसिएसनसँग गाजा गई अन्य डाक्टरले जिम्मेवारी पुरा नगरी छोड्नु उचित नभएको महसुस गरेको सिएनएनले स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

विश्वव्यापीरुपमा अमेरिकी प्रशासनसँग मिलेर धेरै निकायले गाजामा सहायता र मानवीय कार्यकर्ता ल्याई कामदारका लागि आवश्यक सुरक्षा प्राप्त गर्न दबाब दिने काम गरिरहेका छन् । यसैबीच युएसएआइडीका एकजना शीर्ष अधिकारीले सहायताकार्यको सुरक्षा सुनिश्चित गर्न इजरायलले पर्याप्त काम नगरेको बताएका थिए ।

वातावरणीय जटिलतालाई ध्यानमा राख्दै आवश्यक उपाय अझै पर्याप्त नभएकाले मानवीय सहायता कामदारले सुरक्षितरूपमा सञ्चालन गर्न आवश्यक छ । युएसएआइडीको ब्युरो फर ह्युमेनिटेरियन असिस्टेन्सकी प्रशासककी सहायक सोनाली कोर्डेले गाजा काम गर्नाका लागि निकै खतरनाक ठाउँ भएको उल्लेख गर्दै यस्तो बताए ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ८ : ३२ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)