राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित) | Khabarhub Khabarhub

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यस्तै अध्यक्षले विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्नेछन् ।

यसैगरी, अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने छन् ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभा समक्ष पेस गर्ने छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८०’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ७ : ११ बजे

बत्तीसपुतलिमा संस्थापन पक्षको भेला 

काठमाडौं– नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरु भएको छ

फुटबल खेलाडीहरूले आफ्नो मेडल एन्फालाई उपहार दिएपछि…

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच

विभिन्न हतियारसहित एक जना पक्राउ

काठमाडौं– तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१

सुदन गुरूङको आक्रोश : गृहमन्त्री ओमप्रकाश अर्यालले अब राजीनामा दिनुपर्छ 

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-६ बस्ने जुम्ला