बायर लेभरकुजन : जसले एकै खेल नहारी जित्यो लिग, अझै दुई फाइनल खेल्दै | Khabarhub Khabarhub

बायर लेभरकुजन : जसले एकै खेल नहारी जित्यो लिग, अझै दुई फाइनल खेल्दै


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मन बुन्डेस लिगा क्लब बायर लेभरकुजनले कुनै पनि खेलमा पराजय नभोगी लिग जितेको छ ।

इतिहास रच्ने क्रममा उसले पूरै सिजन अपराजित रहेर कीर्तिमान बनाएको हो । उसले यसक्रममा लिगमा मात्रै ८९ गोल गरेको छ ।

युरोपका चर्चित शीर्ष ५ लिगमध्ये बायर अपराजित रहँदै लिग जित्ने दोस्रो टोली हो । यसअघि इटालियन सिरि ए क्लब युभेन्ट्सले सन् २०११/१२ को सिजनमा अपराजित रहेर लिगत जितेको थियो ।

गएराति भएको सिजनको अन्तिम खेलमा उसले भिक्टर बोनिफेस र रोबर्ट एन्ड्रिचको गोलमा अग्सबर्गलाई २–१ ले हरायो । जाभी अलन्सो प्रेरित बायरले यसअघि नै लिग जितिसकेको थियो ।

लेभरकुजनले बुन्डेस लिगातर्फका ३४ खेलमध्ये २८ मा जित निकाल्यो। केबल ६ वटामा बराबरी गर्‍यो । उसले लिग जित्दा समग्रमा ९० अंक बनायो ।

बायरले लगातार ११ वर्षदेखिको बायर्न म्युनिखको दबदबा पनि तोडेको छ । एक दशकदेखि एकपक्षीय रहँदै आएको बुन्डेस लिगालाई बायर्नको यो जितले प्रतिस्पर्धात्मक बाटोतर्फ लगेको छ ।

लेभरकुजनले लिगका ३४ खेलमा मात्रै होइन, सिजनका समग्र कुनै प्रतियोगितामा अहिलेसम्म हारेको छैन । उसले जारी सिजनमा सबै प्रतियोगिताको अपराजित यात्रालाई पनि ५१ पुर्‍याएको छ ।

दुई फाइनल खेल्न बाँकी

५१ खेलसम्म अपराजित बायर्नले अझै दुईवटा उपाधि जित्ने सम्भावना छ । यदि ती उपाधि जितेमा उसले एकै सिजन ट्रिबल उपाधिको कीर्तिमान पनि राख्नेछ ।

बायरले अब च्याम्पियन्स लिगपछिको प्रतिष्ठित युरोपा लिगको फाइनल भिडन्त खेल्नै बाँकी छ । उसले युरोपा लिगको सेमिफाइनलमा इटालियन क्लब रोमालाई हराएको थियो ।

अब उसले उपाधि भिडन्त पनि इटालियन क्लब एटान्टासँगै यही मे २३ मा गर्दैछ । बायरले आगामी मे २५ तारिखमा डीएफबी पोकलको फाइलन पनि खेल्ने छ । बायरले डीएफबी पोकलको उपाधिका लागि एफसी केसँग प्रतिस्पर्धा गर्नेछ । यदि यी दुई उपाधि पनि चुमेमा बायरले एकै सिजन ट्रिबलको कीर्तिमान पनि बनाउने छ ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  १ : ०९ बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि