उपप्रधानमन्त्री लामिछानेले जवाफ दिएपछि गगन थापाले बोल्ने कांग्रेसको प्रस्ताव « Khabarhub

उपप्रधानमन्त्री लामिछानेले जवाफ दिएपछि गगन थापाले बोल्ने कांग्रेसको प्रस्ताव


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार बस्न लागेको संसद् बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भएको छ ।

सहकारी ठगी प्रकरणमा बन्न लागेको संसदीय छानबिन समितिको टीओआरमा सहमति नजुटिसकेको अवस्थामा कांग्रसले लामिछानेलाई संसद्मा बोल्न दिने भएको हो ।

तर कांग्रेसले आइतबार नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्‍मा सबैभन्दा पहिले आफूले बोल्न पाउनुपर्ने बताएको छ ।

बैठकको सुरुमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले बोल्ने प्रस्ताव लगिएको हो ।

खतिवडाले सुरुमा आफ्ना भनाइ राखिसकेपछि रास्वपाका सभापतिसमेत रहेका लामिछानले सहकारी ठगी प्रकरणमा आफूलाई लागेका आरोपबारे जवाफ दिने बताइएको छ ।

गृहमन्त्री लामिछानेले बोलिसकेपछि कांग्रेसकै तर्फबाट महामन्त्री गगनकुमार थापाले बोल्ने गरी प्रस्ताव लगिएको कांग्रेस सांसद खतिवडाले बताएका छन् ।

लामिछानेले कांग्रेसबाट आफूलाई लगाइएका आरोपबारे आजको संसद्‍मा जवाफ दिने तालिका बनाइँदै छ । त्यसका लागि दुई पटक स्थगित भएर अपरान्ह साढे ४ बजे तोकिएको थियो । त्यस बैठकमा लामिछानेले बोल्ने भनिएको थियो तर साँझ ६ बज्न लाग्दा पनि बैठक अघि बढ्न सकेको छैन ।

यसअघि आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो । तर संसदीय समितिको टीओआर बनाउन गठित कार्यदलमा सहमति नजुटेपछि बैठक सारिएको थियो। उता राष्ट्रिय सभा बैठक भने आजलाई स्थगति भइसकेको छ ।

तर आजको बैठकमा पनि लामिछानेले सम्बोधन गरिसकेपछि कांग्रेसले संसद अवरोधलाई जारी राख्ने सांसद खतिवडाले बताए ।

सहकारी ठगीबारे बनाइने संसदीय समितिको कार्यादेश टुंगो लगाउने ४ सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलको बैठक बिहानदेखि पटक पटक बसे पनि सहमति बनेको छैन ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

त्यस्तै, प्रतिनिधि सभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने अर्को कार्यतालिका छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ५ : ५५ बजे

गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम

नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको वार्षिक कार्यक्रमअन्र्गत आयोजित लोकनृत्य प्रतियोगितामा

दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं । विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले