लामिछानेको जवाफ- गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन  « Khabarhub

लामिछानेको जवाफ- गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन 


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टीकरण दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिँदै गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा आफू सहभागी नभएको बताए ।

लामिछानेले आफूले अहिले गोरखा मिडिया छोडिसकेको र कम्पनी छोडिसकेपछि कम्पनीको कुनै दायित्व बेहोर्नुपर्ने भए आफू सो दायित्व बेहोर्न तयार रहेको बताए ।

उनले जीवी राईले गरेका सबै फोहोर आफूले सफा गर्नुपर्छ भन्ने नरहेको संसद्मा बताएका छन् ।

पोखराको सुर्यदर्शन सहकारीबाट आफूले ऋण लिएको कुनै कागज नभएको भन्दै सुनियोजित रूपमा आफ्नो नाम प्रयोग गरिएको आरोप लगाए ।

उनले फौजदारी कसुर लाग्ने सहकारी ठगी प्रकरणमा संसदीय समिति छानबिन गर्न नमिल्ने जिकिर गर्दै आफू यो विष पिउन तयार रहेको बताए ।

याे पनि…

प्रतिनिधि सभा बैठक : गृहमन्त्री लामिछानेले सम्बोधन गर्दै

रविको जवाफ : सहकारी ठगीमा म संलग्न छैन, कहीँ कतै अभियोग लगाइएको छैन

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले प्रधामन्त्रीको अफर किन गरेको ?

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ६ : ५९ बजे

एक्लिएका कुलमानलाई सजिलो छैन काठमाडौं ३ मा

काठमाडौं- आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि सारिएका उज्यालो

नेपाली यू–२० महिला टिम र चाइना युनान युथबीच मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं– नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइना युनान युथ वुमन्स

स्वास्थ्यमन्त्री गौतमद्वारा जीपी कोइराला उपचार केन्द्रको निरीक्षण

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले जिल्लाको शुक्लागण्डकी

समानुपातिकतर्फको मतपत्रको छपाइ सकियो, प्रत्यक्षतर्फको सुरु

काठमाडौं– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र

मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा 

सर्लाही– नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशप्रति आफ्नो प्रतिबद्धता व्यक्त