आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार सन् २०२४ मे २० तारिख। वैशाख शुल्क पक्षको द्वादशी तिथि। मिथुनमा दृश्य सूर्य। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन रमाइलो गरी बित्नेछ। आफ्नो प्रयासको उचित मूल्याङ्कन हुनेछ। लगानीको क्षेत्रमा प्रगति हुनेछ। शिक्षामा सफलता मिल्नेछ। पारिवारिक मेलमिलापले सामाजिक सेवा गर्ने मौका मिल्नेछ।

वृष : खर्च बढ्ने दिन छ। सकेसम्म खर्च कटौती गर्नु राम्रो हुनेछ। लगानीका अवसर धेरै भएकाले लगानी गर्दा सचेत हुनुपर्ने देखिन्छ। शिक्षामा उत्कृष्ट नतिजा प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : मनमा उत्साह बढ्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाफा हुने दिन छ। परिवारसँगको सम्बन्धमा भने खटपटी बढ्ने देखिन्छ। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

कर्कट : आम्दानीका स्रोत धेरै भए पनि निर्णय क्षमतामा देखिएको कमजोरीले सोचेजस्तो फाइदा नहुनसक्छ। तपाईंलाई अगाडि बढाएर बाटोमा अलपत्र पार्ने साथी सक्रिय भएकाले संगत गर्दा विवेक पुर्याउनु राम्रो हुनेछ। आफन्तबाट धोका हुने जोखिम छ। ठुला उद्योग धन्दामा लगानी नगर्नु राम्रो हुनेछ।

सिंह : योजना गोप्य ढंगले अगाडि बढाउनु राम्रो हुनेछ। परिवारको सुझाव लिएर सुरुवात गरेको कामले फाइदा हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुनेछ।

कन्या : दिन रमाइलो छ। भौतिक सुख प्राप्त हुनेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। प्रतिस्पर्धी कमजोर बन्नेछन्। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। परिवारको साथले व्यापार बढ्नेछ।

तुला : आज अधुरा काम पूरा हुने दिन छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ। स्वास्थ्य क्षेत्रमा सुधारका संकेत देखिनेछन्। सामाजिक क्षेत्रमा सेवाको मौका मिल्नेछ। परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ।

वृश्चिक : आफ्नो महत्त्व बुझ्न नसक्दा समस्या बढ्ने देखिन्छ। लगानीका क्षेत्रमा अगाडि बढ्नु भन्दा भएको सम्पत्ति जोगाउन सक्रिय हुनुपर्नेछ। साथीले नै आक्रमण गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारको साथ प्राप्त हुनेछ।

धनु : दैनिकी रमाइलो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुने दिन छ। लगानीका क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ प्राप्त हुनेछ।

मकर : दैनिकी सहज हुनेछ। आफन्तको साथ पाइने योग छ। श्रम गरेको ठाउँबाट सन्तुष्टि मिल्नेछ। सामाजिक क्षेत्रमा विवाद हुने जोखिम रहेकाले बोल्दा ख्याल गर्नु राम्रो हुनेछ। शिक्षाको लगानीले उत्साह थप्नेछ।

कुम्भ : चन्द्रमा भाग्यको स्थानमा पुगेकाले पूर्व योजना सफल हुनेछन्। चुनौती आए सामना गरेर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यमा गढबढी हुने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ। कुनै पनि योजना परिवारबाट नलुकाउनु राम्रो हुनेछ।

मीन : साढेसाती शनिको सुरुवात भएको छ। यसबाट जोगिन थोरै भए पनि दान गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध उत्साहपूर्ण बन्नेछ भने प्रेम सम्बन्ध सुमधुर हुनेछ।

 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ५ : ०० बजे

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा