प्रधानमन्त्रीले भने : सरकार सबैजसो मोर्चामा सफल भएको छ « Khabarhub

प्रधानमन्त्रीले भने : सरकार सबैजसो मोर्चामा सफल भएको छ


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको दोश्रो बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्ड लगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारवाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको बताए ।

उनले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने समेत बताए। सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नीति तथा कार्यक्रम र बजेटको छलफल चलिरहेको अवस्थामा आफूले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोगबिना पूरा हुन नसक्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोगबिना पूरा हुन नसक्ने पनि बताएका छन् ।

उनले देशमा देखिएको निराशा चिर्न सार्थक साथ र सहयोगको आवश्यकता रहेको धारणा राखे।

लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप आवश्यक रहेको उनको भनाइ छ ।

सङ्घीयताको वास्तविक कार्यान्वयन र शान्ति प्रक्रियाको तार्किक निष्कर्षका लागि पनि आफूले विश्वास पाउनुपर्ने पनि दाहालले बताएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १२ : ४४ बजे

रवि र छविको मुद्दामा उच्च अदालत बुटवलमा आजका लागि पेसी

काठमाडौं– सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय

सम्पादकसँग छलफल गर्दै एमाले अध्यक्ष केपी ओली

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सम्पादकसँग

कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी-डोके बजार-बेलौरी-बेलडाँगी-दैजी सडक खण्ड

५० वर्षपछि येंगा हिटीमा फर्कियो पानी (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका–२१ स्थित यंगालमा रहेको येंगा हिटी (ढुंगेधारा) मा

टेम्केमैयुङका अध्यक्षलाई प्रश्न : मुन्धुम पदमार्ग नै किन घुम्ने ?

देशकै चर्चित मुन्धुम पदमार्गमा पर्छ भोजपुरको टेम्केमैयुङ गाउँपालिका । भोजपुर