मोबाइल हरायो ? एक मिनेट मै यसरी पत्ता लगाउन सकिन्छ « Khabarhub

मोबाइल हरायो ? एक मिनेट मै यसरी पत्ता लगाउन सकिन्छ


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अचेल सबैको हात–हातमा स्मार्ट फोन हुन्छ । स्मार्ट फोन बोक्नेहरुले आफ्नो मोबाइल हराएमा वा चोरी भएमा भेटाउन सकिने प्रबल सम्भावना रहन्छ ।

यसका लागि तपाई मोबाइल किन्नासाथ अर्थात हराउनुभन्दा अगावै आफ्नो मोबाइलमा भएको केही फङ्सनहरुको सेटिङ भने अवश्य मिलाउनुपर्छ ।

केही सेटिङ मिलाएर तपाईं आफ्नो हराएको वा चोरी भएको स्मार्ट फोनको लोकेसन ट्र्याक गर्न सक्नुहुन्छ । एन्ड्रोइड मोबाइलमा एक बिल्ट इन ट्र्याकिङ फिचर हुन्छ । यसलाई प्रयोग गरेर मोबाइलको लोकेसन पत्ता लगाउन सकिन्छ ।

जसका लागि तपाईले मोबाइलमा आफूले एक्टिभेट गरको गुगल एकाउन्ट खोल्नुस् । त्यसपछि यो लिंकमा google.com/android/devicemanager गएर हेर्नुस् ।

तपाईले जुन गुगल एकाउन्ट लगइन गर्नुहुन्छ, त्यो एकाउन्टसँग जोडिएका सबै एन्ड्रोइड डिभाइसको लोकेसन गुगल म्यापको सहायताले सहजै पत्ता लाग्छ ।

यसबाट तपाईंले आफ्नो फोनमा घन्टी बजाउन पनि सक्नुहुन्छ । एउटा यस्तो अप्सन छ, जसबाट तपाईं आफ्नो फोनमा भएको सबै डाटा मेटाउन सक्नुहुन्छ । र, मोबाइल लक पनि गर्न सक्नुहुन्छ ।

यसको विकल्पमा एबीजी, अवास्ट, क्यास्परस्काई, लुकआउट लगायतका एप्लिकेशनको पनि प्रयोग गर्न सकिन्छ । यी एप्समा पनि रिमोट ट्र्याकिङ र डिभाइस लक तथा डाटा इरेजको सुविधा हुन्छ ।

आइफोनका लागि बिल्ट–इन एन्टीथेफ्ट एपको सुविधा हुन्छ । यो एपको नाम फाइन्ड माई फोन हो । यसले तपाईंको आइक्लाउड एकाउन्टको माध्यमबाट काम गर्छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ७ : ५० बजे

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको