दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमा चुनावका लागि अयोग्य रहेको अदालतको ठहर « Khabarhub

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमा चुनावका लागि अयोग्य रहेको अदालतको ठहर


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं दक्षिण अफ्रिकाको सर्वोच्च अदालतले सोमबार पूर्वराष्ट्रपति ज्याकोब जुमालाई आगामी निर्वाचनमा भाग लिन अयोग्य भएको फैसला गरेको छ ।

निर्वाचन आयोगले जुमालाई उम्खोन्टो वेसिज्वे (एमके) पार्टीको मनोनित  उम्मेदवारको सूचीमा रहन अनुमति दिने निर्वाचन अदालतको आदेशको अपिलपछि अदालतको यस्तो फैसला आएको हो ।

जुमालाई अपराधको दोषी ठहर गरी  १२ महिनाभन्दा बढीको जेल सजाय सुनाइएको थियो । त्यसै अनुसार जुमा राष्ट्रिय सभाको सदस्य हसनका लागि चुनावमा  भाग लिन अयोग्य भएको संवैधानिक अदालतले आफ्नो फैसलामा  उल्लेख गरेको छ ।  

फैसला अनुसार निर्वाचन अदालतको आदेश खारेज गरी जुमा र एमके पार्टीको आवेदन  समेत खारेज गरेको छ ।

सन् २०२१ मा अदालतको अपमानको आरोपमा १५ महिनाको जेल सजाय सुनाइएका जुमालाई एमके पार्टीले चुनावका लागि उम्मेदवारको रूपमा मनोनित गरेको थियो । दक्षिण अफ्रिकामा मे २९ का  लागि राष्ट्रिय तथा स्थानीय निर्वाचनको मिति तय भएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ५ : ३८ बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।