शिक्षकले राजनीति नगरौँ : गिरिराजमणि पोखरेल « Khabarhub

शिक्षकले राजनीति नगरौँ : गिरिराजमणि पोखरेल


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बैतडी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले शिक्षकहरूले राजनीति गर्न नहुने बताएका छन् ।

आज बैतडीको पाटनमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उपसहासचिव पोखरेलले शिक्षकहरूले पढाउन छोडेर कुनै दलको कार्यकर्ता भएर राजनीति गर्न नहुने बताएका हुन्।

उनले भने, “शिक्षकले राजनीति गर्ने हैन, पार्टीलाई सल्लाह सुझाव दिन सक्छन्, पढाउने समयबाहेक अन्य समय पार्टीलाई दिन सक्छन् तर झन्डा बोकेर चुनावै लड्न शिक्षाको नैतिकताले दिँदैन, गर्नु पनि हुँदैन ।”

सुदूरपश्चिम प्रदेश इन्चार्ज पोखरेलले संसदीय दलको नेता परिर्वतनका विषयमा स्थायी समितिको बैठकमा विशेष छलफल भइसकेको बताए । उनलेअबका दिनमा यस्ता गल्ती नदोहो(याउने निर्णय भएको प्रस्ट पारे ।

उनले सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री खगराज भट्टलाई बनाउने निर्णय भएको समेत जानकारी दिए ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ९ : ०१ बजे

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक

चीनबाट दोस्रो चरणको राहत सामग्रीसँगै आइपुग्यो डीएनए परीक्षण विज्ञ टोली

काठमाडौं- चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि पठाएको