गण्डकी सरकारविरुद्धको मुद्धा न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा « Khabarhub

गण्डकी सरकारविरुद्धको मुद्धा न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा परेको छ ।

यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानले सो रिटमा प्रारम्भिक सुनाइ गर्दै अर्को सुनुवाइ नभएसम्म दीर्घकालीन असर गर्ने कुनै निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा वैधानिकताको प्रश्न उठाउँदै वैशाख २५ गते रिट दायर गरेका थिए ।

पाण्डेले विश्वासको मत लिने क्रममा सभामुखको दुरुपयोग हुनुका साथै कूल ६० सदस्यीय प्रदेशसभामा ३० जनालाई बहुमत सिद्ध गरिएको उल्लेख गरेका छन् ।

सर्वोच्चले विश्वासको मत असंवैधानिक ठहर गरेमा अधिकारी पदबाट मुक्त हुनेछन् ।

 

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १२ : १६ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका