व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित « Khabarhub

व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दमौली– व्यास नगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप लगाइएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।

नगरपालिकाभित्रका १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोप लगाएपछि पूर्णखोप सुनिश्चिता घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। 

यसक्रममा १६ महिनादेखि पाँच वर्षसम्मका दुई हजार आठ सय १८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको तथा १५ महिनासम्मका एक हजार ११ बालबालिकालाई  खोप लगाइएको उनले बताए। 

नगरपालिकाको सभाहलमा सोमबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका छन् । 

त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले पूर्णखोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नुपर्नेमा जोड दिए। कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, स्वास्थ्य कार्यालय तनहुँका प्रमुख विद्या तामाङलगायत वक्ताले पूर्णखोप घोषणा भएसँगै भविष्यमा पनि यसलाई कायम राख्न सम्बन्धित सबै सजग हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १२ : ३७ बजे

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,

महामन्त्रीमा विपिनलाई अगाडि बढाउन गणेश, प्रमोद र कविन्द्रले हात उठाए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजनना नेताहरू महामन्त्रीको दौडबाट हटेका छन्।