कांग्रेसको नाराबाजीबीच राष्ट्रियसभाबाट पनि धन्यवाद प्रस्ताव पारित « Khabarhub

कांग्रेसको नाराबाजीबीच राष्ट्रियसभाबाट पनि धन्यवाद प्रस्ताव पारित


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाबाट राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच राष्ट्रिय सभाबाट धन्यवाद प्रस्ताव पारित गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति राष्ट्रियसभा बैठकमा पेस गरेका थिए ।

मंगलबारको राष्ट्रियसभा बैठकमा प्रतिपक्षी दलहरूको विरोधका बीच धन्यवाद प्रस्ताव पारित भएको हो ।

कांग्रेसको विरोधका बीच राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले धन्यवादको प्रस्तावमा सभाले सहमति जनाएको जानकारी दिए । राष्ट्रियसभाको अर्को बैठक ११ जेठ दिउँसो सवा १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।

यसअघि आजै बसेको प्रतिनिधि सभाको बैठकले पनि कांग्रेसको नाराबाजी र रोस्ट्रम घेराउकाबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  २ : ३७ बजे

चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग उपग्रह प्रक्षेपण

भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ सुरु भएको छ । 

वडा कार्यालयको भवन बनाउन ११ कित्ता जग्गा दान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि

एनएमए निर्वाचनः समावेशी टिम र सुधारको एजेन्डासहित टिम मंगल

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचन–२०८२ का लागि ‘टिम मंगल’ले समावेशी

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर– अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा