२३.९४ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब माथि  « Khabarhub

२३.९४ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब माथि 


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर बुल ट्रेन्डमा रहेको छ । आज मंगलबार पनि नेप्से २३.९४ अंकले बढेको छ । आज नेप्से १.१४ प्रतिशतले बढेर २११५.९४ विन्दु कायम भएको छ ।

कारोबारको आधारमा पनि नेप्सेमा उत्साह छाएको छ । सोमबार करिब ६ अर्बको कारोबार भएकोमा आज पनि ५ अर्ब बढीको कारोबार भयो । आज बजार बन्द हुँदा ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको १ अर्ब ३२ लाख ४१ हजार २१७ कित्ता शेयर ७३ हजार ६६७ पटक किनबेच भयो ।

मंगलबार ३१७ वटा कम्पनीको शेयर कारोबार हुँदा १९४ कम्पनीको शेयर मूल्य बढको छ भने ४३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आज सेन्सेटिभ इन्डेक्स ३.५३ अंकले, फ्लोट इन्डेक्स १.७८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४० अंकले बढेको छ । आज उपसमूहमा पनि उछाल आएको छ ।

मंगलबारको कारोबारमा फाइनान्स र लघुवित्तमा लगानीकर्ताको आकर्षण देखिएको थियो । १३ समूहमा विकास बैंक र ट्रेडिङ समूहको शेयर मूल्य घटेको छ भने अन्य ११ वटा समूहको शेयर मूल्य बढेको छ ।

आज ५ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ३ : २१ बजे

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान