महिलामन्त्री चौधरीसँग काठमाडौंमा २ कराेडको घडेरी, १ करोड ऋण « Khabarhub

महिलामन्त्री चौधरीसँग काठमाडौंमा २ कराेडको घडेरी, १ करोड ऋण


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याणमन्त्री भगवती चौधरीसँग सुनसरीमा आफ्नै नाममा १ आना १ पैसा जमिन छ भने काठमाडौंमा २ करोड ६७ लाख पर्ने १२ आना १ पैसा ३ दामको घडेरी रहेको विवरण सार्वजनिक भएको छ ।

सरकारलाई मन्त्री चौधरीले बुझाएको विवरणअनुसार सुनसरीमा उनीसँग थप साढे ४ रोपनी जति जमिन आफ्नै नाममा रहेको छ । दाङको १५ आना जमिन भने उनले अंशबण्डाको रूपमा प्राप्त गरेको विवरणमा उल्लेख गरेकी छन् ।

मन्त्री चौधरीको एभरेष्ट, राष्ट्रिय वाणिज्य र नविल बैंकमा १७ लाख भन्दा बढी नगद रहेको छ भने फरवार्ड माइक्रोफाइनान्समा २ लाख ४२ हजार १०५ कित्ता र अन्य विभिन्न कम्पनीहरूमा डेढ लाख कित्ता शेयर रहेको छ ।

त्यस्तै उनले विभिन्न बैंकहरुमा १ करोड ऋण तिर्न बाँकी रहेको विवरणमा उल्लेख गरेकी छन् । साथै उनीसँग सवारी साधनको रूपमा एउटा मोटरसाइकल रहेको छ भने ८५ तोला सुन र २५ केजी चाँदी रहेको छ ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ४ : ५६ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

कञ्चनपुर – कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट

सुरेन्द्र पाण्डे भन्छन् : अब दोष कसैमा थोपरेर उम्किन सकिँदैन

काठमाडौं – निर्वाचन परिणामप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै

म प्रसन्न नै छु, विचलित वा उद्वेलित छैन : सिके राउत

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक भएपछिको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत

सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र