इरानी राष्ट्रपति रायसीको अन्त्येष्टिको तयारी « Khabarhub

इरानी राष्ट्रपति रायसीको अन्त्येष्टिको तयारी


८ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा भेला भएका छन् । राईसीको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको हो । इरानले देशमा पाँच दिने शोकको घोषणा गरेको छ ।

राईसीको पार्थिव शरीरलाई बिहीबार साँझ उनको जन्मस्थल मशहदमा दाहसंस्कार गरिने छ । इरानमा रायसीलाई बिदाइ गर्न धेरै कार्यक्रम आयोजना गरिने छ ।

यी मध्ये पहिलो कार्यक्रम देशको उत्तर-पश्चिमी सहर ताब्रिजमा आयोजना हुँदैछ। राईसीको हेलिकप्टर यहीँ दुर्घटनाग्रस्त भयो । यसपछि रायसीको पार्थिव शरीरलाई धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने कोम प्रान्तमा लगिनेछ । यहाँ शवयात्रा पनि निकालिनेछ ।

त्यसपछि दुर्घटनामा मृत्यु भएका रायसी र इरानी विदेशमन्त्रीको शव राजधानी तेहरान ल्याइनेछ । अर्को कार्यक्रम बुधबार यहाँ हुनेछ । इरानले बुधबार सरकारी बिदा दिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ५ : ०७ बजे

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा