खेलकुदमन्त्री श्रेष्ठको सम्पत्ति : १५ तोला सुन र काठमाडौंमा जग्गा « Khabarhub

खेलकुदमन्त्री श्रेष्ठको सम्पत्ति : १५ तोला सुन र काठमाडौंमा जग्गा


८ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुद मन्त्री विराजभत्त श्रेष्ठ सम्पत्तिमा मध्यमस्तरका देखिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार युवा तथा खेलकुद मन्त्री विराजभत्त श्रेष्ठसँग काठमाडौंमा जग्गा, सुन, नगद र शेयर रहेको देखिएको छ ।

सार्वजनिक विवरणअनुसार श्रेष्ठको काठमाडौंमा ६ आना जग्गा रहेको छ । यस्तै उनीसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको छ । विभिन्न बैंकहरूमा उनले आफ्नै नाममा ६० लाख भन्दा धेरै नगद मौज्दात रहेको उल्लेख गरेका छन् भने श्रीमतीको नाममा पनि २५ लाख मौज्दात रहेको विवरणमा उल्लेख गरेका छन् । 

मन्त्री श्रेष्ठको १ करोड ९ लाख ८० हजार ५ सय ९ रुपैयाँ शेयरमा पनि लगानी रहेको छ भने सवारी साधनको रुपमा ८ लाखको मोटरसाइकल, २ लाख ४६ हजारको स्कुटर र १९ लाख ७५ हजारको विद्युतीय गाडी रहेको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ५ : ४० बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि