युरोपमा यी ४ हिरोको ‘लप्पन छप्पन’ « Khabarhub

युरोपमा यी ४ हिरोको ‘लप्पन छप्पन’


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यतिबेला युरोपका विभिन्न स्थानमा छायांकन भइरहेको चलचित्र ‘लप्पन छप्पन २’ को राम्रै चर्चा छ । खासै सफल बन्न नसकेको चलचित्र ‘लप्पन छप्पन’ को सिक्वेलका रुपमा निर्माण हुन लागेको यो चलचित्रको चर्चा हुनुको कारण कलाकार नै हुन् ।

अभिनेता दयाहाङ राई, अर्पण थापा, सौगात मल्ल र अनुपविक्रम शाहीलाई एकै फ्रेममा कैद गरेर एक तस्वीर सार्वजनिक गरिएको छ । उक्त तस्वीरमा चारैजना हिरोलाई आ–आफ्नै लूकमा देख्न सकिन्छ ।

शीर्ष भूमिकामा रहेका सौगात मल्लको लूक पहिलेको भन्दा फरक देखिन्छ । उनले ठूलो कपाल पालेका छन् । यस्तै अनुपविक्रम शाहीलाई पनि फरक भूमिकामा देख्न सकिन्छ ।

मुकुन्द भट्टले निर्देशन गरिरहेको यो फिल्ममा यी अभिनेताका अलावा सुरविना कार्की, नम्रता श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

पुरुषोत्तम प्रधानले छायांकन गरिरहेको यो फिल्म युरोप तथा अस्ट्रेलिया समेत छायांकन गरिनेछ । फागुन ९ गतेदेखि प्रदर्शनमा आउने भनिएको यो फिल्म सस्पेन्स एक्सन जानरामा निर्माण हुनेछ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ११ : ५६ बजे

सीआईएका गोप्य केन्द्रमा इरानको ड्रोन आक्रमण, रूसतिर सोझियो अमेरिकी आशंकाको सुई

वाशिङ्टन/रियाद- पश्चिम एसिया क्षेत्रमा रहेका अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए)

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौं- सङ्घीय संसद्का सांसदले निजी स्वकीय सचिव राख्ने सम्बन्धमा भएको

सरकारमाथि अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आरोप : सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामाको दबाब दिइयो, महाभियोग लगाउन खोजियो

काठमाडौं– तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक हस्तक्षेप

दश अर्ब राजस्व सङ्कलन

विराटनगर- आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल