तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत « Khabarhub

तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–९ बङ्गारा कटान गाउँका दिनेश चौधरी आफ्नो बारीमा गरिरहेका व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु आठ लाखसम्म बचत गर्छन् ।

साविकको जिल्ला कृषि विकास कार्यालयले दिएको कृषिसम्बन्धी तीन महिने आइपिएम (एकीकृत शत्रुजीव व्यवस्थापन)को तालिममा सहभागी चौधरीलाई तालिमपछि व्यावसायिक तरकारी खेतीमा लाग्ने उत्प्रेरणा जगाएको हो । १७ कठ्ठा जग्गामा १८ वर्षदेखि तरकारी खेती गर्दै आएका उनले भने, “एसएलसी परीक्षा उत्तीर्ण गरिसकेपछि तालिम लिएर तरकारी खेती सुरु गरे, अहिले वार्षिक तरकारीको कारोबार भइरहेको रु १५ लाखमध्ये रु आठ लाख बचत गर्न सफलता मिलिरहेको छ ।”

उनको घरमा चार सदस्य छन् । अन्य रोजगारी नभएपछि उहाँसहितका परिवारका सदस्यहरुको मुख्य रोजगारी तरकारी खेती नै बनेको छ । भेटेरीनरी जेटिएसम्मको अध्ययन पूरा गर्नुभएका ४० वर्षीय चौधरीले भने, “लोकसेवा दिएर जेटिए ९जुनियर टेक्निकल असिस्टेन्टं० मा नाम निकाल्न सक्थेहोला, तर त्यतातिर ध्यान नदिई जागिर गरेर पाउने तलबभन्दा तरकारी खेतीबाट भइरहेको आम्दानीले सन्तुष्ट छु ।”

उनमा सानैदेखि उद्यमी बनेर गाउँमा रोजगार र स्वरोजगारको अवसर सिर्जना गर्नुपर्छ भन्ने सोच सानैदेखि थियो । उनको कृषि फर्म सञ्चालनमा छ । परिवारका सदस्यबाहेक नियमित रुपमा र सिजनको समयमा गरी उनले सात जनालाई रोजगारी दिएका छन् ।

“बाह्रै महिना सिजन अनुसारका तरकारी लगाउँछु, तरकारी बिग्रिने पनि हुँदैन, लामो समय काम गरेकाले अनुभव पनि भइसक्यो”, उनले भने, “तरकारी बारी कहिल्यै खाली हुँदैन् । काँक्रा, फर्सी, पालङ, बोडीलगायतका तरकारी हुर्किदा मन सन्तुष्ट हुन्छ ।”

तरकारीबारीमा व्यापारी पुगेर थोक मूल्यमा तरकारी खरिद गर्ने गरेकोले उत्पादित तरकारी बिक्री गर्न समस्या नरहेको उनले बताए। यसबाहेक धनगढीमा हप्तामा तीन दिन सञ्चालन हुने कृषि हाट बजारमा आफ्नो कृषि उपज बिक्री गर्न ल्याउँछन् ।

धनगढी वसन्त टोलका तरकारी पसले अनिल चौधरी तरकारी खेती गरेर दिनेश चौधरी धनगढीको एक सफल कृषकको रुपमा स्थापित भएको बताउँछन् । “धनगढीको कृषि हाटबाजारमा उहाँको बारीको धेरै परिमाणको तरकारी आउने गरेको छ”, अनिलले भने, “उहाँको परिश्रम देखेर आफूलाई तरकारी खेती गर्ने रहर जागेपनि परिस्थितिले गर्न सकेको छैन, तरकारी बेचेर जीवन निर्वाह गरिरहेको छु ।”

तरकारी खेतीसँगै होटल व्यवसाय पनि गरिरहेका दिनेशले पछिल्ला वर्षमा केरा र मेवा खेती पनि गर्न थालेका छन् । उनले भने, “विगत तीन वर्षदेखि सात कठ्ठा जमिनमा केरा खेती गरेको छु । थप जग्गामा तरकारी खेतीसँगै मेवा पनि रोपेको छु ।”

केराबाट मात्रै वार्षिक रु एक लाख ५० हजार बढी हजार आम्दानी हुन थालेपछि यो खेतीको विस्तार गर्ने सोच उनले बताए । केरा खेती विस्तारपछि थप पाँच जनालाई रोजगारी दिन्छु । उनले यो व्यवसायका अलावा बङ्गारा कटान गाउँमा थारु होम स्टे (थारु घरवास) सञ्चालन गरिरहेका छन् ।

थारु होम स्टेमा थारु समुदायको परम्परागत खानका परिकारले पाहुनाको स्वागत गर्ने गरिन्छ । उनले भने, “होमस्टेमा थारु सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्ने गरिएकोमा कोरोना भाइरसको महामारीसँगै सांस्कृतिक कार्यक्रम भने बन्द गर्यो ।”

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ९ : ०७ बजे

नवीकरण नहुँदा दुई हजार एम्बुलेन्स थन्किए

चितवन– नवीकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किएका छन्

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा