हैदरावादलाई हराउँदै कोलकाता आईपिएलको फाइनलमा « Khabarhub

हैदरावादलाई हराउँदै कोलकाता आईपिएलको फाइनलमा


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।

हैदरावादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो । उसका लागि कप्तान श्रेयस अय्यर र वेंकटेश अय्यरले अर्धशतक प्रहार गरे । २४ बलको सामना गरेका श्रेयसले चार छक्का र पाँच चौकाको मदतमा ५८ रन बनाए ।

त्यस्तै वेंकटेशले २८ बलमा ५१ रन बनाए । त्यस्तै रहमानउल्लाह गुरबाज २३ तथा सुनिल नारायणले २१ रनको योगदान गरे । हैदरावादका लागि कप्तान प्याट कमिन्स र टी नटराजनले एक/एक विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित १९.३ ओभरमा अलआउट हुनुअघि १५९ रन बनाएको थियो । हैदरावादका लागि राहुल त्रिपाठीले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन् । ३५ बल खेलेका त्रिपाठीले सात चौका र एक छक्कासहित ५५ रन बनाए । त्यस्तै हेनरिक क्लासेनले ३२, कमिन्सले ३०, अब्दुल समदले १६ रनको योगदान गरे ।

हैदरवादको ब्याटिङ्लाई रोक्नेक्रममा कोलकताका मिचेल स्टार्कले चार ओभरमा ३४ रन खर्चिएर महत्वपूर्ण तीन विकेट लिए । त्यस्तै बरुण चक्रवर्तीले दुई तथा वैभव अरोरा,सुनिल नारायण, हर्षित राना र आन्द्रे रसेल एक/एक विकेट लिए ।

योसँगै कोकाता फाइनलमा प्रवेश गरेको छ, भने पराजित भएको हैदरावादले एलिमिनेटरको विजेतासँग फाइनलका लागि पुनः प्रतिस्पर्धा गर्न पाउने छ। बुधबार एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी) र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ११ : ०४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले