भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतबाट करुणालाई प्रतिभा पुरस्कार, भोजपुरेलाई सम्मान « Khabarhub

भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतबाट करुणालाई प्रतिभा पुरस्कार, भोजपुरेलाई सम्मान


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुनसरी – भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले धरानमा दुई भोजपुरे श्रष्टालाई सम्मान गरेको छ ।

प्रतिष्ठानले अग्रज स्रष्टा हिरण्य भोजपुरेलाई नगद १५ हजार रुपैयाँसहित भोजपुर प्रतिभा सम्मान र कवि करुणा राईलाई नगद ३५ हजार रुपैयाँसहित भोजपुर प्रतिभा पुरस्कार प्रदान गरेको हो ।

भोजुरको देउरालीमा जन्मेका हिरण्य भोजपुरे गायक तथा बहुविद्याका क्रियाशील साहित्यकार, गीतकार, उपन्यासकार र बालसाहित्यकारका रूपमा परिचित हुन् । नेपाली साहित्यमा दिएको दिएको योगदानको कदर गर्दै सम्मान गरेको प्रतिष्ठानका महासचिव नरेश काङमाङले बताए ।

यसैगरी पुरस्कृत अर्की स्रष्टा करुणा राई भोजुरकै अरूण गाउँपालिका याकुमा जन्मेकी हुन् । कवि तथा गजलकार राईको ‘मन फुलेको बेला’ (२०६६) गजल संग्रह र पछिल्लो कृतिको रूपमा रैथाने विम्ब प्रयोग गरिएको ‘रसिया राग’ कविता संग्रह प्रकाशित छ ।

भोजपुरे भने हाल अमेरिका बस्दै आएकाले समारोहमा अनुपस्थित थिए । पुरस्कृत प्रतिभाहरूलाई अग्रज कवि कुन्ता शर्मा, प्रतिष्ठानका महासचिव काङमाङ, आख्यानकार प्राध्यापक शरणकुमार राई र शशी लुमुम्बुले ताम्रपत्र हस्तान्तरण गरेका थिए ।

बेलायतमा बसोबास गर्ने भोजपुरे साहित्यकारहरुको सकृयतामा २०६५ सालमा स्थापित भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले यसअघि शैलेन्द्र साकार, मन्जुल, गणेश रसिक, परशु प्रधान, पूर्णप्रकाश नेपाल ‘यात्री’, कृष्ण जोशी, ज्ञानमणी नेपाललाई भोजपुर प्रतिभा सम्मान गरिसकेको छ ।

यस्तै श्रवण मुकारुङ, मीरा राई, पूर्ण इम्फादा, विमल गिरी र दिनेश वान्तवालगायतलाई प्रतिभा पुरस्कार प्रदान गरिसकेको छ ।

सुनसरीका साहित्यकारहरूको जमघट रहेको समारोहको स्थानीय संयोजन कलरव धरानले गरेको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  १२ : ४१ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक