वीरगञ्ज महानगरमा दैनिक दुईपटक फोहर उठाइँदै | Khabarhub Khabarhub

वीरगञ्ज महानगरमा दैनिक दुईपटक फोहर उठाइँदै


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– देशको संघीय राजधानी काठमाडौँवासीले साताको एक पटक फोहरमैला संकलन गर्ने गाडी आउँदा पनि राहतको महसुस गर्ने गर्छन् ।
घरभित्र थुप्रिएको फोहरमैलामा दुर्गन्ध आएर बसिखप्नै नहुने भएकाले पनि राहतको अनुभूति गर्ने हुन् । बेलाबखतमा बञ्चरेडाँडासिसडोलका स्थानीयवासीको अवरोधले पनि काठमाडौँवासी महिनौँ दिनसम्म फोहरमैला सडकमै यत्रतत्र देख्दै आइरहेका छन् ।

राजधानीवासीलाई सुन्दै अनौठो र अचम्मित पार्ने दृश्य मधेश प्रदेशकै एक मात्र महानगर वीरगञ्ज महानगरमा देख्न पाइन्छ । औद्योगिक र व्यापारिक नागरिकको उपमा पाएको वीरगञ्ज बजार क्षेत्रमा दैनिक दुई पटक फोहरमैला संकलन हुँदै आइरहेको छ । 

महानगरले बिहान र बेलुकाको समयमा फोहरमैला संकलन गर्दै आइरहेको छ । साथै महानगरले फोहर संकलन गरेबापत सर्वसाधारणबाट कुनै पनि शुल्क लिदैन । उद्योगी-व्यवसायी तथा सरकारी निकायले मासिक रु तीन सयदेखि रु तीन हजारसम्म शुल्क तिर्नुपर्ने नियम छ ।

वीरगञ्जका नगरप्रमुख राजेशमान सिंहले महानगरको नेतृत्व सम्हालेसँगै फोहरमैला संकलनलाई उच्च प्राथामिकता दिँदै आइरहेका छन् । जनस्तरबाट भने अपेक्षाकृत रुपमा फोहरमैला व्यवस्थापनमा सचेतना अपनाएको कमै मात्र देखिन्छ । 

नगरप्रमुख सिंहले सामान्य अवस्थामा दिनको दुई पटक फोहरमैला संकलन गर्दै आइरहेको बताए ।

महानगरका अनुसार वीरगञ्जमा दैनिक ५५-६५ मेट्रिक टन फोहरमैला संकलन हुँदै आएको छ । विगत छ वर्षदेखि फोहरमैला संकलन र व्यवस्थापनको काम निजी क्षेत्रबाट हुँदै आएको छ । महानगरले ठेक्का सम्झौता गरेर यहाँको फोहरमैला व्यवस्थापनको काम पृथ्वी-तारा एनके इन्टरप्राइजेज जेभीलाई दिएका थियो । जेभिले वीरगञ्ज महानगरका ३२ वटै वडाको फोहरमैला संकलन गर्दै आइरहेको छ । महानगर र जेभीबीच विसं २०७६ जेठ २ गते पाँच वर्षसम्मका लागि सम्झौता भएको थियो ।  

महानगरका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदिन मियाँले महानगरले निजी क्षेत्रसँग सम्झौता गरेर फोहरमैला व्यवस्थापनको जिम्मेवारी दिएको बताए। महानगर र जेभिबीच भएको सम्झौतामा प्रत्येक वर्ष फरक–फरक दररेटमा फोहरमैला संकलन गर्ने उल्लेख गरिएको छ । सम्झौताको पहिलो वर्ष महानगरभित्र उत्पादन हुने फोहरमैला निजी क्षेत्रले व्यवस्थापन गरेबापत आव २०७५-७६ मा रु चार करोड ८४ लाख रकम दिने सम्झौता गरेको थियो । 

दोस्रो वर्ष आव २०७६-७७ मा पाँच करोड सात लाख ५६ हजार दिने उल्लेख छ ।  आव २०७७-७८ मा पाँच करोड २८ लाख ८८ हजार, आव २०७८-७९ मा रु पाँच करोड ५० लाख र आव २०७९-८० मा पाँच करोड ७२ लाख रकम उपलब्ध गराइएको थियो । अहिले महानगरले रु पाँच करोड ७२ लाखमा खर्च तिरेर फोहरमैला व्यवस्थापन गराउँदै आइरहेको छ । 

निजी कम्पनीले दैनिक २५ ट्रयाक्टर तथा तीन ट्रिपरको सहायताले व्यवस्थापन गर्दै आइएको जनाएको छ । महानगरले फोहरमैला व्यवस्थापन गरेबापत सर्वसाधारणबाट कुनै शुल्क लिदैन ।

 उद्योगी तथा व्यापारीसँग मासिक रु तीन सय देखि रु तीन हजारसम्म लिने गरिएको जनाइएको छ । यहाँबाट निस्कने फोहरमैलाको व्यवस्थापन पर्सा र बारा जिल्लाको सीमा क्षेत्र विश्रामपुर गाउँपालिकाको १६ बिघा नौ कठ्ठा सात धुर क्षेत्रफलमा रहेको ल्याल्डफिल्ड साइडमा हुँदै आएको छ । 

-रासस

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  १ : ०५ बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही