कैलाश सिरोहियालाई तत्काल रिहा गर्न उपेन्द्र यादवको माग « Khabarhub

कैलाश सिरोहियालाई तत्काल रिहा गर्न उपेन्द्र यादवको माग


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तत्काल रिहा गर्न माग गरेका छन् ।

बुधबार एक विज्ञप्ति निकालेर जसपा नेपालका अध्यक्ष यादवले सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढङ्गबाट पक्राउ गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले लोकतन्त्रका लागि लडेको कान्तिपुरमाथि आक्रमण गर्नु लोकतन्त्रमाथिको हमला भनेका छन् ।

‘लोकतन्त्रको पक्षमा लामो समयदेखि सङ्घर्ष गरेको कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार हो भन्ने हाम्रो ठम्याई छ’, उनले भनेका छन्, ‘नीतिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण पकाउ गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो ।’

यादवले सिरोहिया पक्राउ प्रकरणमा राज्य संयन्त्रको दुरुपयोग गरिएको उल्लेख गरेका छन् । ‘राज्यसंयन्त्रको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतंकित पार्ने कार्य रोकी उनलाई तत्काल रिहाई गर्नु पर्छ’, उनले भनेका छन्, ‘आगामी दिनमा यस्ता पूर्वाग्रहपूर्ण घटना नदोहऱ्याउन सरकारलाई सचेत गराउँछौँ ।’

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  १ : ४६ बजे

कोशीमा हिक्मत हटाउन शेरधन कार्ड खेलाउँदै ओली, धमाधम सांसद फकाउँदै

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउन नेकपा एमालेका अध्यक्ष केपी

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

काठमाडौँ– नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा