रौतहटमा आइपीभी खोप दुई चरणमा सञ्चालन | Khabarhub Khabarhub

रौतहटमा आइपीभी खोप दुई चरणमा सञ्चालन


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– यही जेठ १३ गते आइतबारदेखि राष्ट्रिय अभियानको रूपमा सञ्चालन हुन गइरहेको ‘आइपीभी खोप कार्यक्रम २०८१’ पूर्ण रूपमा सफल बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय रौतहटद्वारा बुधबार गौरमा आयोजित ‘आइपीभी खोप अभियान २०८१ जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरू’ बीच एक दिने अभिमुखीकरण गोष्ठीका वक्ताहरूले उक्त विचार राखेका हुन्। गोष्ठीमा आइपीभी खोप अभियान २०८१ दुई चरणमा सञ्चालन गरिने जनाइएको छ।

पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, गढीमाई, चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा नगरपालिका र दुर्गा भगवती, यमुनामाई गाउँपालिकामा यही जेठ १३ देखि १७ गतेदेखि सञ्चालन हुने जिल्ला खोप संयोजक अनिल कर्णले बताएका छन्।

त्यसैगरी, दोस्रो चरणमा राजपुर, इशनाथ, गौर राजदेवी, देवाही गोनाही, कटहरिया, बौधीमाई, माधवनारायण र परोहा नगरपालिकामा २१ देखि २६ गते सम्म सञ्चालन हुने संयोजक कर्णले जानकारी दिएका छन्।

२०७३ वैशाख १ गतेदेखि २०७५ असोज मसान्तभित्र जन्मिएका बालबालिकाहरूलाई आइपीभी खोप लगाउने योजना अनुसार रौतहट जिल्लामा ३७ हजार ८४७ लक्ष्य रहेकोमा ३९ हजार डोज खोप आइसकेको उनले बताए।

देशैभरि एक साथ सुरू हुने यस अभियानलाई पूर्ण रूपमा सफल बनाउन सञ्चारमाध्यमको अति नै महत्वपूर्ण भूमिका रहेकाले सकारात्मक भई समाचार सम्प्रेषण गरिदिन वक्ताहरूले आग्रह गरेका थिए।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन जनकपुरधामका फिल्ड अफिसर डाक्टर सुरेश शुक्लाले नेपालमा आइपीभी खोप सेवा अभियान २०७१ असोज मसान्तदेखि सुरू गरिएकोमा २०७३ वैशाखदेखि २०७५ असोज मसान्तसम्म उक्त खोपको चरम अभाव भएको बताएका थिए।

उनले अभावलाई पूर्ति गर्न यो कार्यक्रमलाई देशैभरि खोप अभियानको रूपमा सञ्चालन गरिएको बताएका थिए। सो अवधिमा आइपीभी खोप लगाउन छुटेका बालबालिकाहरूलाई पोलियो लाग्ने जोखिम रहको हुँदा ती बालबालिकाहरूलाई अनिवार्य रूपमा यो खोप दिन जरुरी रहेको डाक्टर शुक्लाले जानकारी दिएका छन्। ८० प्रतिशत पूर्ण, १६ प्रतिशत आंशिक र ४ प्रति लगाउन नसकेको खोपको समग्र अवस्था नेपालमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख विपिन कुमार साहले बताएका छन्।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नरेश यादव, जिल्ला समन्वय समितिका सभापति एवम् जिल्ला खोप समन्वय समितिका अध्यक्ष रामअयोध्या यादव, नेपाल पत्रकार महासङ्घका सभापति प्रेमचन्द्र झा, रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरे, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभियान कुमार सिंह, युनिसेफका प्रतिनिधि सुरेश गुप्ता लगायत सञ्चारकर्मी र स्वास्थ्यकर्मीसहितका वक्ताहरूले यस अभियानलाई पूर्ण रूपमा सफल बनाउन सबैले आ-आफ्नो स्थानबाट सक्दो योगदान दिन आग्रह गरेका थिए।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  २ : ३० बजे

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम एकीकरणको सुरुवात : विपन्न नागरिक उपचार कार्यक्रम अब बीमाबाटै हुने 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य उपचार सम्बन्धी छरिएर रहेका

कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्था जानकारी गराउन माग

काठमाडौं– प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

एजेन्सी– इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा सहरको विजय योजनालाई स्वीकृति

‘उपसभामुख रानामाथि बारम्बार आक्रमण भइरहेको छ’

काठमाडौं– नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने कामको विरोध

उपसभामुखलाई महाअभियोग लगाउन कांग्रेस-एमालेले सांसदलाई खाली कागजमा सही गराए : राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले संवैधानिक परिषद्मा बहुमत