गाजामा हवाई आक्रमण : दुई नेतासहित पाँच लडाकुको मृत्यु | Khabarhub Khabarhub

गाजामा हवाई आक्रमण : दुई नेतासहित पाँच लडाकुको मृत्यु


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौंहमासको ट्यांक प्रतिरोधी मिसाइल अभियानका प्रमुख नेतामध्ये एक व्यक्ति अहमद् यासेर अलकारासहित पाँच व्यक्ति खान युनूसमा आईडीएफको हवाई आक्रमणमा मारिएका छन् ।

उनले गाजा युद्धमा इजरायली रक्षा बल (आईडीएफ) विरुद्ध आक्रमण र आतंकवादी षड्यन्त्रको नेतृत्व गरेका थिए । इजरायलको आतंकवाद विरोधी सामान्य सुरक्षा सेवा शिन बेटको गुप्तचर सहयोगमा गरिएको कारबाहीमा अलकारा र गाजा डिभिजनका सूचना प्रणाली प्रमुख फदी सलिमसहित पाँच हमास लडाकु मारिएका छन् । 

लक्ष्य निर्देशित गर्न सकिने र अधिक विस्फोटक शक्ति  भएकाले एन्टी–ट्यांक मिसाइलहरू आईडीएफ एकाइहरूका लागि रकेटभन्दा बढी  खतरनाक हुन्छन् ।   

यसबाहेक, इजरायली वायु सेनाका लडाकु विमानहरूले आईडीएफ दक्षिणी कमान्ड र इन्टेलिजेन्स विङको निर्देशनमा उत्तरी गाजा पट्टीको डार्ज टफाह क्षेत्रको फाहमी अल्जेरजावई विद्यालय परिसरबाट सञ्चालन गरिरहेका पाँच हमासलाई  मारेका थिए ।

गाजाको जनसङ्ख्यालाई आफ्नो अनुकुल प्रयोग गर्दा हमासले नागरिकहरूलाई सुरक्षा कवचका रूपमा प्रयोग गरेको र खान युनुसको कारबाहीमा हमास नेताको मृत्यु हुनुले यसलाई पुष्टि गरेको आईडीएफले जनाएको छ ।  

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ५ : ४८ बजे

अपडेट : सिन्धुपाल्चोक केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौं – शुक्रबार बिहानका राति काठमाडौं उपत्यकामासहित देशभर ठुलो भूकम्पको

काठमाडौंमा भूकम्पको ठुलो धक्का महसुस

काठमाडौं – काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महुसुस भएको छ

जबरजस्तीकरणी मुद्दामा दोषी भई फरार व्यक्ति पक्राउ

भक्तपुर – जबरजस्तीकरणी मुद्दामा दोषी भइ फरार एक व्यक्तिलाई जिल्ला

फेरि सर्‍यो दशौँ राष्ट्रिय खेलकुद

काठमाडौं – कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको नयाँ मिति

काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला

काठमाडौं – काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा एक व्यक्तिको शव