गाजामा हवाई आक्रमण : दुई नेतासहित पाँच लडाकुको मृत्यु « Khabarhub

गाजामा हवाई आक्रमण : दुई नेतासहित पाँच लडाकुको मृत्यु


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौंहमासको ट्यांक प्रतिरोधी मिसाइल अभियानका प्रमुख नेतामध्ये एक व्यक्ति अहमद् यासेर अलकारासहित पाँच व्यक्ति खान युनूसमा आईडीएफको हवाई आक्रमणमा मारिएका छन् ।

उनले गाजा युद्धमा इजरायली रक्षा बल (आईडीएफ) विरुद्ध आक्रमण र आतंकवादी षड्यन्त्रको नेतृत्व गरेका थिए । इजरायलको आतंकवाद विरोधी सामान्य सुरक्षा सेवा शिन बेटको गुप्तचर सहयोगमा गरिएको कारबाहीमा अलकारा र गाजा डिभिजनका सूचना प्रणाली प्रमुख फदी सलिमसहित पाँच हमास लडाकु मारिएका छन् । 

लक्ष्य निर्देशित गर्न सकिने र अधिक विस्फोटक शक्ति  भएकाले एन्टी–ट्यांक मिसाइलहरू आईडीएफ एकाइहरूका लागि रकेटभन्दा बढी  खतरनाक हुन्छन् ।   

यसबाहेक, इजरायली वायु सेनाका लडाकु विमानहरूले आईडीएफ दक्षिणी कमान्ड र इन्टेलिजेन्स विङको निर्देशनमा उत्तरी गाजा पट्टीको डार्ज टफाह क्षेत्रको फाहमी अल्जेरजावई विद्यालय परिसरबाट सञ्चालन गरिरहेका पाँच हमासलाई  मारेका थिए ।

गाजाको जनसङ्ख्यालाई आफ्नो अनुकुल प्रयोग गर्दा हमासले नागरिकहरूलाई सुरक्षा कवचका रूपमा प्रयोग गरेको र खान युनुसको कारबाहीमा हमास नेताको मृत्यु हुनुले यसलाई पुष्टि गरेको आईडीएफले जनाएको छ ।  

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ५ : ४८ बजे

शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ

गण्डकी– पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित

लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै

जनकपुरधाम– लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले मलको पर्याप्त मौज्दात रहेको स्पष्ट

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

सुनसान हुलाक कसरी बन्यो सर्वत्र खोजीको निकाय ?

सरकारको १०० दिने कार्यसूचीमा परेसँगै वर्षौंदेखि ओझेलमा परेको हुलाक सेवा

विश्वकप फाइनल: स्पेन बलियो भएको सुपरकम्प्युटरको अनुमान, उपाधि रक्षा गर्ने दाउमा अर्जेन्टिना

न्युयोर्क – लामो समयदेखि जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६