रातो मच्छिन्द्रनाथ जात्रा : रथको टुप्पोबाट खसालियो नरिवल (तस्बिरहरू) « Khabarhub

रातो मच्छिन्द्रनाथ जात्रा : रथको टुप्पोबाट खसालियो नरिवल (तस्बिरहरू)



काठमाडौं– नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्राका क्रममा आज रथको टुप्पोबाट नरिवल खसालिएको छ ।

ललितपुरको पुल्चोकबाट रथ तानेर लगनखेलमा पुर्‍याइएको रथको टुप्पोबाट नरिवल खसालिएको हो ।

यस रथबाट खसालिएको नरिवल शुभ हुने विश्वास छ । त्यसैले उक्त नरिवल टिप्नका धेरै मानिस तँछाड-मछाड गर्छन् ।
लगनखेलमा रथलाई रातो मच्छिन्द्रनाथको आमाको मन्दिरमा दुई पटक परिक्रमा गराइएको थियो ।

मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको ४ दिनपछि रथ निर्माणमा संलग्न ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ ।

तस्बिरमा हेर्नुहोस् : 

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ७ : २२ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै