पशुपतिको वनकालीमा साउनभर कोटीहोम महायज्ञ हुने | Khabarhub Khabarhub

पशुपतिको वनकालीमा साउनभर कोटीहोम महायज्ञ हुने


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम यज्ञ गरिने भएको छ । मानवसेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा कोटीहोम महायज्ञ सञ्चालन हुने भएको हो ।

उक्त महायज्ञ आगामी साउनभर चल्ने श्रीमद्भागवत कथा पुराण प्रवक्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिले जानकारी दिए । हाम्रो धर्म संस्कृतिको संरक्षण समग्र मानवजातिको सुख, शान्ति र समृद्धिका लागि महायज्ञ गर्न लागिएको उनले बताए ।

नेपाल अध्यात्म भूमि हो । यस तपोभूमिबाट योग, ध्यान, प्रणाम धर्म, ज्ञान, साधना र विज्ञानको महत्व विकास भएकाले हो भन्ने जानकारी र सन्देशसमेत जनजनमा पुर्‍याउने महायज्ञको ध्येय रहेको छ ।

मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने पनि महायज्ञको उद्देश्य रहेको आयोजकले जनाएका छन् ।

मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ । यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गास, बास, कपासका साथै स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

महायज्ञ अवधिभर जगद्गुरु, साधुसन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन हुनेछ । विभिन्न गुरुबाट नित्य हवन, पूजा, आरती र भजनकीर्तन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  ९ : १२ बजे

प्रधानमन्त्रीलाई मोदीको आश्वासन- नेपाली जनताको प्रगतिमा भारतको सधैँ साथ छ

काठमाडौँ- गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेयता

राजेन्द्र लिङ्देनले भने- जेन-जी आन्दोलनमा दमन गर्नेलाई कडा कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारीहरूलाई र जेन-जी आन्दोलनमा दमन गर्नेहरूलाई

पहिरोका कारण बेनी-दरवाङ सडक अवरुद्ध

म्याग्दी– म्याग्दीका तीन वटा स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ

प्रचण्डको जिकिर- माओवादीले अधुरै छाडेका एजेन्डालाई जेन-जीहरूले बोकिदिए

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको

राजदूतप्रति कटाक्ष गर्दै ट्रम्पकी विश्वासपात्र भन्छिन्- नेपालमा आन्दोलन हुनुको कारण यूएसएडप्रेरित भ्रष्टाचार

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी विश्वासपात्र एवम् दक्षिणपन्थी अभियन्ता लउरा