‘जैविक विविधता संरक्षणमा चुनौती’ | Khabarhub Khabarhub

‘जैविक विविधता संरक्षणमा चुनौती’


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– वन डढेलो, अतिक्रमण, फँडानी, चोरी सिकारलगायत विविध कारणले जैविक विविधता संरक्षणमा चुनौती थपिएको वातावरण संरक्षणका अभियन्ताहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा शुक्लाफाँटा नगरपालिका– १० झलारीस्थित कृष्णबैजनाथ बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजित कार्यक्रममा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणकरणसम्बन्धी एकदिने तालिममा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले मानवीय आवश्यकता बढ्दै जाँदा वन क्षेत्र घट्दै जानु चिन्ताको विषय भएको बताए ।

देशमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा वन अतिक्रमण भएको चर्चा गर्दै उनले त्यसबाट वन्यजन्तुको बासस्थान तथा सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिएको बताए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज भट्टले जैविक विविधता संरक्षणका लागि विद्यालयस्तरबाटै चेतना जगाउनुपर्ने विचार व्यक्त गरे ।

क्याम्पसका उपप्रमुख भवराज निरौलाले निकुञ्ज, संरक्षित क्षेत्रलगायत प्राकृतिकस्थलमा बस्ने जीवजन्तुलाई मात्र संरक्षण गरेर नहुने भएकाले चरन क्षेत्रमा निर्भर स्थानीय समुदायको जीविकोपार्जनप्रति पनि धयान दिनुपर्ने बताए ।

क्याम्पस व्यवस्थापन समितिका सदस्य शेरबहादुर साउदले वन माथिको निर्भरता कम गर्न नवीकरणीय ऊर्जाको उपयोगमा जोड दिए ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ८ : ३५ बजे

युरोकप २०२४ : बेल्जियमको पहिलो जित

काठमाडौं– १७औँ संस्करणको युरोकप फुटबलमा बेल्जियमले पहिलो जित निकालेको छ

प्रतिनिधिसभामा मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहने (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकपको सेमिफाइनल नजिक भारत : कसिलो बलिङ र अस्थिर ब्याटिङ

विश्व क्रिकेटका दुई महाशक्ति भारत र अस्ट्रेलिया टी-२० विश्वकपको समूह

दमौली अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान

तनहुँ– सूर्य नेपालले दमौली अस्पताललाई २८ लाख रुपैयाँ बराबरका दुई

पोर्चुगल युरोकपको अन्तिम १६ मा

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा पोर्चुगल अन्तिम १६