कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण  « Khabarhub

कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण 


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाकाे पक्राउप्रति निजी क्षेत्रका तीनवटै छाता संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

आफू‌माथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानविनमा सघाउने प्रतिवद्धता जनाएका सिरोहियालाई कार्यालय परिसरबाटै पक्राउ गरिएको घटनालाई नीजी क्षेत्रले समेत गम्भीरतापूर्वक लिएको छ ।

कुनै पनि विषयमा उजुरी परेको भरमा कार्यकक्षमै पुगेर पक्राउ गर्ने कार्यले नकरात्मक सन्देश दिएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 

बिहीबार जारी संयुक्त प्रेस विज्ञप्तिमा उजुरीकै भरमा उद्योगी व्यवसायी जो कोहीलाई थुनिहाल्ने नभएर उनीहरूका कुरा सुनिदिनुपर्ने निजी क्षेत्रको ठहर छ । विज्ञप्तिमा  यस्ता कार्यले उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल घट्नेतर्फ राज्य सचेत हुनुपर्ने उल्लेख गरिएको छ । 

प्रहरीले अध्यक्ष सिरोहियालाई थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको थियाे । जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई पक्राउ गरेको थियाे ।

 

 

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  १ : ०२ बजे

अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं – साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले

विश्वकप २०२६ फाइनल: पहिलो हाफ गोलरहित, स्पेनको दबाब, अर्जेन्टिनालाई मार्टिनेजको चोट

न्यु जर्सी– फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको

पहिलो हाफमा अर्जेन्टिना र स्पेन गोलरहित बराबरीमा

काठमाडौं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेलको पहिलो

नेपाली शिक्षा परिषद्‌बाट दुई पुरस्कारको घोषणा

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम

१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै

काठमाडौँ । नेपालमा भोलि (साउन ४ गते) १ हजार २५०