ओलीले भने : सिरोहियालाई समाचारको विषयमा पक्राउ गरिएको होइन « Khabarhub

ओलीले भने : सिरोहियालाई समाचारको विषयमा पक्राउ गरिएको होइन

फौजदारी मुद्दामा एक व्यक्ति पक्राउ पर्दा डेमोक्रेसी तलमाथि नहुने जवाफ


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया गुप्रका अध्यक्ष कैलाश सिरोहियालाई समाचारको विषयमा पक्राउ नगरिएको जवाफ दिएका छन् ।

झापा–५ अन्तर्गत एमाले दमक नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई बिहीबार उद्घाटनका क्रममा ‌पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका छन् ।

‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि ! त्यही भइराखेको छ । त्यसो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई । विवादको विषय हुन सक्छ । उनलाई जन्मकैद गर्न खोजेको होइन। सञ्चारमाथिको हमला भनेर चर्चा भइरहेको छ,’ ओलीले अगाडि भने, ‘कुनै पत्रकारमाथि फौजदारी अभियोग छ ? मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ । किन यस्तो समाचार प्रकाशित गरियो ? किन यस्तो बोल्यो भन्ने विषय होइन, सिरोहिया पक्राउ प्रकरण । विषय त अर्कै छ । फौजदारी कुरा होला त्यो त। यसबारेमा सरकारले छानबिन गर्नुपर्ने देख्यो…., त्यही भएर अनुसन्धानमा तानेको हुनुपर्छ ।’

उनले फौजदारी अभियोगमा एकजना व्यक्ति समात्दैमा प्रजातन्त्र तलमाथि नहुने पनि बताए ।

‘नेता, मन्त्री र प्रधानमन्त्री समात्दादा, अनेक हुँदा कराउन, दुनियाँ गर्नु नपर्ने ! डेमोक्रेसी कसरी खतरामा पर्‍यो त ? मिडिया हाउसका एकजना मान्छे पक्राउ परे । सही या गलत के भयो भयो, म त्यता जान्न । समय ठिक भयो, भएन ? त्यो अर्कै कुरा भयो । सरकारले छानबिन गर्दा हल्ला गरिरहनुपर्ने जरुरी छैन ।’

अधिवेशन उद्घान कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले जनताको मन जित्ने गरी एकता बनाएर अघि बढ्न पनि कार्यकर्तालाई निर्देशन दिए ।

अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीभित्रको द्वन्द्वका कारण दमक नगरपालिकामा एमालेले २०७९ वैशाखको स्थानीय तह निर्वाचनमा नेतृत्व गुमाउन पुगेको बताए । ओलीले अब एमालेलाई दमकमा पराजित हुने छुट नभएको पनि उल्लेख गरे ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ३ : ३८ बजे

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज

 होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टल (छात्र–छात्राबास)लाई व्यवस्थित

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ