लोकसेवाको विज्ञापन रद्दको माग गर्दै प्रधानमन्त्री निवास घेराउ « Khabarhub

लोकसेवाको विज्ञापन रद्दको माग गर्दै प्रधानमन्त्री निवास घेराउ


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्नुपर्ने मागसहित प्रधानमन्त्री निवास बालुवाटार नजिकै धर्ना दिइएको छ ।

आयोगको विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्तको प्रतिकूल भएको भन्दै आदिवासी, जनजाति र दलित समुदायका अगुवाहरुले बुधबार मध्यान्ह १२ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि धर्ना दिएका हुन् ।

आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो ।

उनीहरुले उक्त विज्ञापन रद्द गरी आरक्षण सुनिश्चित गरिएको विज्ञापन पुनः प्रकाशित गर्नुपर्नेसमेत माग गरेका छन् ।

संविधानको धारा ३८ उपधारा (४), धारा ४० र धारा ४२ उपधारा (१) ले समानुपातिक समावेशी सिद्धान्त र धारा १८ उपधारा (३) को प्रतिबन्धात्मक वाक्यांशले पछाडि पारिएका वर्ग, समुदायलाई विशेष व्यवस्था अवलम्बन गर्नु भन्ने व्यवस्था गरेको छ ।

अधिकारकर्मी भक्त विश्वकर्माले आयोगले उत्पीडित समुदायलाई पाखा लगाउने उद्देश्यले असमावेशी विज्ञापन प्रकाशन गरेको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ४ : ३२ बजे

गुणस्तर नपुगेपछि ओन्डाट्रोन–४ नामक औषधि बजारबाट फिर्ता लिन निर्देशन

काठमाडौं-औषधि व्यवस्था विभागले गुणस्तर मापदण्ड नपुगेको भन्दै ओन्डाट्रोन–४ नामक औषधि

महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित

टीकापुर– कैलालीको टीकापुरका महिला बढी आम्दानी लिनका लागि बेमौसमी तरकारीखेतीमा

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ

लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न

रसुवा– ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन