पानी माग्दै मधेसदेखि पैदलै २५ दिनमा काठमाडौं (तस्बिरहरू) « Khabarhub

पानी माग्दै मधेसदेखि पैदलै २५ दिनमा काठमाडौं (तस्बिरहरू)


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चुरे संरक्षणको मागसहित मधेश प्रदेशबाट सर्वसाधारणको एउटा समूह बिहीबार काठमाडौं आइपुगेको छ ।

चुरे अत्यधिक दोहनका कारण वनविनाश हुँदा मधेश प्रदेशसहित तराईका जिल्लामा पानीको हाहाकार भएका महिलाहरूसहितको एउटा समूह संघीय सरकारसँग गुहार लगाउँदै आएको हो ।

चुरेक्षेत्र संरक्षणसहित १२ बुँदे माग बोकेर सप्तरीदेखि पैदल यात्रा निस्किएको २३ जनाको टोली २५ औं दिनमा बिहीबार काठमाडौं आइपुगेको हो ।

उनीहरू गत वैशाख १७ सप्तरीबाट पैदल यात्र सुरु गरेर २५ औँ दिनमा काठमाडौं आइपुगेपछि माइतीघर मण्डलमा धर्ना बसेका छन् ।

गतवर्ष पनि यही मागसहित उनीहरू ११ दिन हिँडेर काठमाडौं आइपुगेका थिए ।

त्यसबेला भएको सहमति सरकारले पालना नगरेपछि आफूहरू फेरि आन्दोलनसहित झकझकाउन आइपुगेको उनीहरू बताएका छन् ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ४ : २७ बजे

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको

जेनजी आन्दोलन: ५४ जिल्ला र २६२ स्थानीय तह प्रभावित, ८४ अर्ब ४५ करोड बढीको क्षति

काठमाडौं- जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण