ताइवानलाई घेरा हाल्दै चीनको युद्धअभ्यास सुरु « Khabarhub

ताइवानलाई घेरा हाल्दै चीनको युद्धअभ्यास सुरु


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन दिनअघि ताइवानमा चीन विरोधी नेता विलियम लाइ चिङ टेले राष्ट्रपति पदको सपथ ग्रहण गरेपछि चीनले बिहीबारदेखि ताइवानलाई चारैतिरबाट घेरेर दुई दिने अभ्यास सुरु गरेको छ । चीनले ताइवानविरुद्ध यति ठूलो युद्धअभ्यास गरेको यो पहिलो पटक हो ।

यसअघि ताइवानमाथि मात्रै आर्थिक नाकाबन्दी लगाउँदै आएको थियो । वास्तवमा, ताइवानमा यस वर्ष जनवरीमा भएको राष्ट्रपतीय चुनाव अघि चीनले उम्मेदवार लाइ चिङ टेलाई पृथकतावादी भनेको थियो ।

तर, चीनको धम्कीका बाबजुद पनि ताइवानमा चिनियाँ विरोधी नेता लाइ चिङ टे विजयी भएका थिए ।  चीनको यस अभ्यासमा लडाकु विमान र धेरै नौसेना युद्धपोतहरू संलग्न छन् ।

चीनको समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले यो अभ्यास सुरु गरेको हो । चीनले यस अभ्यासलाई ‘ज्वाइन्ट सोर्ड(२०२४ ए’ नाम दिएको छ । यसका अलावा ताइवान, किनमेन, मात्सु, वुकिउडोंग्यिन टापुहरूमा पनि अभ्यास भइरहेको छ ।

ताइवानका नवनियुक्त राष्ट्रपति लाइ चिङ–टेले चीनलाई सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ५ : २१ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू