दर्शकको घेरामा आर्यन र प्रदीप, फ्यानले किन लगाए नारा ? « Khabarhub

दर्शकको घेरामा आर्यन र प्रदीप, फ्यानले किन लगाए नारा ?

पहिलो शोमा देखिएनन् पल शाह


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजबाट दुई फिल्म प्रदर्शनमा आएका छन् पुजार सार्की र फर्कीफर्की । काठमाडौंमा अनमोल केसी स्टाटर फिल्म ‘फर्कीफर्की’को भव्य प्रिमियर गरियो । तर मल्टीस्टारर फिल्म पुजार सार्कीको प्रिमियर भएन ।

पुजार सार्कीले बिहीबार बिहान ‘प्रेस शो’ गरेको थियो । ट्रेलरमा जस्तै फिल्ममा पनि प्रदीप खड्का नै हाबी छन् । दर्शकलाई उनी नै फिल्मको केन्द्रीय कलाकार महसुस हुने पक्का छ । यद्यपि उनले ‘मैतबहादुर’ पात्रलाई अभिनयमार्फत न्याय गरेका छन् ।

जातीय छुवाछुतविरुद्धको कथामा दर्शकले ‘कमेडी’ खुराक पस्किन निर्देशक दिनेश राउतले सक्दो प्रयास गरेका छन् ।

फिल्मका मुख्य कलाकारहरू भने दर्शकहरूलाई प्रत्यक्ष भेटेर प्रतिक्रिया लिन कमलकोपोखरीस्थित ‘बिग मुभिज’मा पुगेका थिए ।

फिल्मको पहिलो शो हेरेका दर्शकलाई भेट्न नायक आर्यन सिग्देल, प्रदीप खड्का, नायिका अञ्जना बराइली र परीक्षा लिम्बूसहित हलमा पुग्दा पल शाह अनुपस्थित थिए । उनी कार्यव्यस्ताले अनुपस्थित रहेको लेखक विकास सुवेदीले खबरहबलाई जानकारी दिए ।

फिल्म हेरेर दर्शक खुसी मुद्रामा हल बाहिर निस्किएका थिए । उनीहरूले प्रदीपको अभिनयको प्रशंसा गरे । साथै आर्यनलाई फरक भूमिकामा देख्न पाउँदा रमाइलो लागेको बताए ।

कलाकारको टोली देख्नेबित्तिकै दर्शकको भीड नियन्त्रण गर्नै हम्मे-हम्मे भयो । एक टोलीले आर्यन र अर्को टोलीले प्रदीपलाई घेरे । आफ्ना आइडल कलाकारसँग उनीहरू फोटो खिच्न तँछाडमछाड गरे । दर्शकको भीडबाट कलाकार जोगाउन निर्माण पक्षलाई हम्मे-हम्मे परेको थियो ।

प्रदीप फिल्ममा मैतबहादुर अर्थात् दलित युवाको भूमिकामा छन् । उनका समर्थकले जातीय विभेदविरुद्ध नाराबाजीसमेत गरे ।

पहिलो शो हरेका कलाकारले दर्शकबाट यस्तो साथ पाउनलाई निर्देशक राउतले फिल्मको सुखद सुरुवातका रूपमा लिएका छन् ।

उनले भने, ‘यो साथ लामै समयसम्म पाउने अपेक्षा छ । पहिलो शोबाट फिल्मका कलाकारले यस्तो माया पाउनु सुखद संकेत हो ।’

हेर्नुहोस् केही तस्बिरहरु : 

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ७ : ०७ बजे

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्र

मुस्ताङ– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ

घरजग्गा कारोबारबाट माघ महिनामा पाँच अर्ब राजस्व सङ्कलन

काठमाडौं– गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले पाँच अर्ब नौ

गाउँमै निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश गर्न

विश्वकप: पाकिस्तानलाई हराउँदै समूह ‘ए’बाट भारत सुपर आठमा

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’बाट भारत एक

एफए कप : आर्सनलको गोल वर्षा, विगनविरुद्ध पहिलो हाफमै चार गोल

काठमाडौं – एफए कप अन्तर्गत गएराति भएको खेलमा आर्सनलले सानदार