पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने « Khabarhub

पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने


१० जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानका पेट्रोलियम मामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउन स्वदेशी पेट्रोलियम पदार्थको उत्पादन बढाउने बताएका छन् ।  

हाल पाकिस्तानले ऊर्जा आयातमा वार्षिक १८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्ने गरेको छ । मलिकले ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै पाकिस्तानले पछिल्लो समयमा देशभित्र तेल तथा ग्यास अन्वेषणलाई गति दिइरहेको बताएका हुन् ।  

देशले अन्वेषणमा विश्वका प्रसिद्ध अन्वेषकहरूलाई आकर्षित गर्ने सक्रिय प्रयास गरिरहेको  प्रकाश पार्दै मलिकले पाकिस्तान व्यापारका लागि खुला रहेको र पारदर्शिता बढाउन नियामक प्रक्रियालाई पूर्ण रूपमा आधुनिकीकरण गर्न प्रतिबद्ध  रहेको उल्लेख गरे । 

लगानी प्रक्रिया, तेल र ग्यास अन्वेषणसम्बन्धी जानकारीलाई डिजिटल र सरलीकृत गरिएको  उल्लेख गर्दे उनले यस क्षेत्रमा लगानी गर्न विदेशी कम्पनीहरूलाई स्वागत  गर्दै आएको उल्लेख गरे ।

देशमा ऊर्जाको बढ्दो मूल्यबारे कुरा गर्दै मन्त्रीले पेट्रोलियम पदार्थको उत्पादन सर्वोच्च प्राथमिकता रहेकाले निर्बाध र किफायती ऊर्जा आपूर्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।

बिजुलीको शुल्क घटाउने विभिन्न प्रस्तावहरू कार्यान्वयन भइरहेका छन् । कुशल पावर प्लान्टहरूमा स्थानीय ग्यास आपूर्ति गरेर, बिजुलीको लागत कम गर्न सकिने उनले बताए। उनका अनुसार टेक्नोलोजी प्रयोग गरेर ग्यास नेटवर्कको व्यापक निगरानीसहित आधुनिक प्रणालीहरू सहरी ग्यासको नोक्सानसँग लड्न प्रयोग भइरहेको छ ।

मन्त्रीले पाकिस्तानको प्रचुर मात्रामा नवीकरणीय ऊर्जा स्रोतहरूको उपयोग बढाउन आह्वान गर्दै  देशको सौर्य ऊर्जा लागतमा उल्लेखनीय कमी आएको बताए ।

प्रकाशित मिति : १० जेठ २०८१, बिहीबार  ६ : ३९ बजे

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण

इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ

काठमाडौं – नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा

जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर– पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रेड बुल तपाईँको स्वास्थ्यको लागि कति खराब छ ?

काठमाडौं– सधैँ दौडधुप भइरहने आजको संसारमा रेड बुल जस्ता इनर्जी

भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं- भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन