कार्यदलमा कांग्रेसले राख्यो नयाँ प्रस्ताव « Khabarhub

कार्यदलमा कांग्रेसले राख्यो नयाँ प्रस्ताव


११ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठीत कार्यदलमा नयाँ प्रस्ताव राखेको छ । 

सत्तापक्ष उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्न सहमत नदेखिएपछि कांग्रेसले कानुनमन्त्री पदम गिरी संयोजकत्वको कार्यदलमा नयाँ प्रस्ताव गरेको हो । 

कांग्रेसले नयाँ प्रस्ताव ल्याएपछि त्यसबारे अतिरिक्त छलफल गर्न अहिले बैठक स्थगित भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । 

उनका अनुसार कांग्रेसले बैठकमा गृहमन्त्री लामिछाने संलग्न संस्थाहरू माथि छानबिन गरेर जान सकिने आधारहरू निर्माण गरेर जाने नयाँ प्रस्ताव राखेको हो ।  

 ‘नेपाली कांग्रेस हिजो केही सकारात्मक थियो । आज त्यसमा उहाँहरूले थप लचकता अपनाएर गृहमन्त्रीज्यूको नाम नराख्ने हो भने उहाँ संलग्न संस्थाका नामहरुलाई समेटेर त्यसमाथि छानबिन गरेर जान सकिने आधारहरू निर्माण गरेर जाऔँ भन्ने नयाँ प्रस्ताव ल्याउनुभएको छ,’ बर्तौलाले भने ।   

व्यक्तिका नाममा संसदीय छानबिन समिति बनाउँदा गलत नजिरको विकास हुने भएपछि कांग्रेसले नयाँ प्रस्ताव ल्याएको उनको भनाइ छ ।  

‘सहकारीमाथि भएको अपचलनका बारेमा सहकारीहरुको नाम राखेर जाने कुरामा अप्ठ्यारो थिएन,’ बर्तौलाले भने, ‘व्यक्तिका नाममा संसदीय छानबिन समिति बनाउँदा व्यक्तिमाथि केन्द्रित गरेर, व्यक्तिलाई नै दोषी ठहर्‍याएर पहिले नै जाने कुरा व्यवहारिक हुँदैन, त्यो गलत नजिरको विकास हुन्छ भन्ने कुरा भएपछि उहाँहरुले अर्को प्रस्ताव ल्याउनुभएको छ ।’ 

कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति नजुटे पनि छलफल सकारात्मक भएको उनले बताए । बर्तौलाले बैठक सकिएको नभई कांग्रेसले नयाँ प्रस्ताव ल्याएपछि त्यसबारे अतिरिक्त छलफल गर्न स्थगित भएको बताए ।  

‘अतिरिक्त छलफल केही गर्नु पर्ने भयो । कांग्रेसबाट पनि साइड छलफल गर्ने भन्ने भयो,’ बर्तौलाले भने, ‘अब गृहमन्त्रीसँग पनि केही कुरा गर्नुपर्नेछ। उहाँसँग कुरा भएपछि फेरि हामी बस्छौँ ।’

 

 

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १२ : १८ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले