‘केपी१’ र ‘केपी२’ ओमिक्रोनको नयाँ सब-भेरियन्ट, सतर्कता अपनाउनुपर्ने « Khabarhub

‘केपी१’ र ‘केपी२’ ओमिक्रोनको नयाँ सब-भेरियन्ट, सतर्कता अपनाउनुपर्ने


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा भेटिएको ‘केपी १’ र ‘केपी२’ ओमिक्रोनको नयाँ सब-भेरियन्ट रहेको पुष्टि भएको छ । यहाँ पुनः कोभिड-१९ को नयाँ भेरियन्ट देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै जिनोम सिक्वेन्सिङ  गरिएको थियो । सो क्रममा कोभिड-१९ को नयाँ भेरिएन्ट नेपालमा भित्रिएको पुष्टि भएको हो । ‘केपी१’ र ‘केपी२’ भेरियन्ट पछिल्लो समय सिंगापुर, अमेरिका र अफ्रिकी मुलुकमा भेटिएको थियो ।

राष्ट्रिय प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले कोभिड-१९ को ओमिक्रोन भेरिएन्टको नयाँ सब–भेरिएन्ट ‘केपी१’ र ‘केपी२’ नेपालमा भित्रिएको पुष्टि भएको जानकारी दिए ।

देश भरका १५ वटा प्रयोगशालाहरूमा हालै आएका ४२ वटा संक्रमण केसको जिनोम सिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा ‘केपी१’ र ‘केपी२’ पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाले दुईवटा नमूनामा ओमिक्रोन (जेएन.१), १२ नमूनामा ओमिक्रोन (बीए.२०), १७ नमूनामा ओमिक्रोन (केपी१), एक नमूनामा ओमिक्रोन (केपी.२) र १ नमूनामा ओमिक्रोन (केपी.३) भेटिएको जानकारी दिएको हो ।

यसअघि छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको थियो ।

हाल विश्वमा महामारीकै रूपमा देखिन थालेको नयाँ भेरिएन्ट ‘केपी.१’ र केपी.२ नेपालमा पनि पुष्टि भएको हो । नेपालमा भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको, तर कोभिडको बेलामा झैं सावधानी अपनाउन प्रयोगशालाका सूचना अधिकारी जैसीले आग्रह गरेका छन्‌ ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  २ : ५२ बजे

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर