मोटरसाइकल चलाउँदा हेल्मेट कसरी लगाउने ? यस्तो छ सुरक्षित तरिका « Khabarhub

मोटरसाइकल चलाउँदा हेल्मेट कसरी लगाउने ? यस्तो छ सुरक्षित तरिका


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सडक प्रयोगकर्ता नेपालीको एउटा बानी नै छ, ‘घरबाट विस्तारै निस्किने, सडकमा हतार गर्ने !’ जसका कारण दुर्घटनाको जोखिम बढी हुन्छ ।

सडकमा सबैभन्दा बढी हतार गर्नेमा मोटरसाइकल चालक हुन्छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार संघीय राजधानी काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनामध्ये अधिकांश मोटरसाइकल चालकको असावधानीका कारण हुने गर्छन् ।

उपत्यकासहित देशभर हुने सवारी दुर्घटनाको ग्राफ हेर्दा पनि मोटरसाइक दुर्घटनाको दर अन्यभन्दा दोब्बर बढी छ ।

मोटरसाइकल दुर्घटनामा हुने मृत्युको प्रमुख कारण के होला ? महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ८२.२ प्रतिशत कारण हेल्मेट खस्दा हो ।

हामीले मोटरसाइकल चलाउँदा लगाएको हेल्मेटको फिता नबाँध्ने तथा राम्ररी नबाँध्ने (खुकुल छाड्ने) कारणले गर्दा दुर्घटना भएको अवस्थामा टाउकोमा लगाइको हेल्मेट खस्ने गर्छ । जसका कारण मोटरसाइकल चालकको मृत्यु हुने संभावना बढी रहन्छ ।

जापानी सहयोग नियोग (जाइका)को ट्राफिक स्वयंसेवक टीमले गरेको अध्ययनअनुसार मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु हुनुको प्रमुख कारण हेल्मेट नलगाउनु तथा राम्ररी नलगाउनु हो ।

अध्ययनअनुसार हेल्मेट खसेको अवस्थामा मोटरसाइकल चालकको मृत्यु हुने सम्भावना ३ गुणा बढी हुन्छ । यस्तै, स्कुटर चालकको मृत्यु हुने दर ४.६ गुणा बढी हुन्छ ।

त्यसैले मोटरसाइकल चालकले सुरक्षित यात्राका लागि आफूले प्रयोग गर्ने हेल्मेटको फिता राम्ररी बाँधेर मात्रै मोटरसाइकल चलाउनु उपयुक्त हुन्छ ।

मोटरसाइकको फिता धेरै खुकुलो राख्नु हुँदैन । फिता बाँधेको अवस्थामा घाँटी माथि (चिउँडोको तलबाट) हातको एउटा औंला छिर्ने जति मात्रै ‘ग्याप’ राख्नुपर्दछ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ५ : ३६ बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको