कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो : सिरोहिया समातेर सरकारले मिडियालाई आतंकित बनायो « Khabarhub

कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो : सिरोहिया समातेर सरकारले मिडियालाई आतंकित बनायो


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विषय बालुवाटार बैठकमा उठाएको छ ।

संसद्‍‍मा देखिएको गतिरोध अन्त्यका विकल्प खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको शीर्ष नेताको बैठकमा कांग्रेसले सिरोहिया प्रकरणबारे प्रश्न गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई गरिएको धरपकडबारे प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको जानकारी दिएका छन् ।

‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाजीलाई जुन ढंगले धरपकड गरियो, आतंकित गर्ने काम भयो त्यो कुरामा हामी गम्भीर छौँ । गम्भीर ध्यानाकृष्ट भएको छ भनेर कुरा उठायौँ भनेर कुरा उठायौँ,’ प्रमुख सचेतक लेखकले बैठकपछि भने ।

यसअघि यही मंगलबार सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि कान्तिपुरको थापाथलीस्थित कार्यालयमै कांग्रेसका २२ जना सांसद पुगेका थिए ।

त्यही दिन साँझ सिरोहिया पक्राउ परेपछि कांग्रेसले मिडियामा हस्तक्षेप गरेर गठबन्धन सरकारले अधिनायकवाद ल्याउन खोजेको आरोप लगाउँदै आएको छ ।

यसैबीच सिरोहियालाई धनुषा अदालतले शुक्रबादेखि तीन दिनका लागि हिरासतमै राख्न अनुमति दिएको छ । मंगलबारदेखि पहिलो पटकको म्याद शुक्रबार नै सकिएपछि प्रहरीले सरकारी वकिलमार्फत थप म्याद लिएको हो ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ७ : ०९ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा