कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो : सिरोहिया समातेर सरकारले मिडियालाई आतंकित बनायो « Khabarhub

कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो : सिरोहिया समातेर सरकारले मिडियालाई आतंकित बनायो


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विषय बालुवाटार बैठकमा उठाएको छ ।

संसद्‍‍मा देखिएको गतिरोध अन्त्यका विकल्प खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको शीर्ष नेताको बैठकमा कांग्रेसले सिरोहिया प्रकरणबारे प्रश्न गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई गरिएको धरपकडबारे प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको जानकारी दिएका छन् ।

‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाजीलाई जुन ढंगले धरपकड गरियो, आतंकित गर्ने काम भयो त्यो कुरामा हामी गम्भीर छौँ । गम्भीर ध्यानाकृष्ट भएको छ भनेर कुरा उठायौँ भनेर कुरा उठायौँ,’ प्रमुख सचेतक लेखकले बैठकपछि भने ।

यसअघि यही मंगलबार सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि कान्तिपुरको थापाथलीस्थित कार्यालयमै कांग्रेसका २२ जना सांसद पुगेका थिए ।

त्यही दिन साँझ सिरोहिया पक्राउ परेपछि कांग्रेसले मिडियामा हस्तक्षेप गरेर गठबन्धन सरकारले अधिनायकवाद ल्याउन खोजेको आरोप लगाउँदै आएको छ ।

यसैबीच सिरोहियालाई धनुषा अदालतले शुक्रबादेखि तीन दिनका लागि हिरासतमै राख्न अनुमति दिएको छ । मंगलबारदेखि पहिलो पटकको म्याद शुक्रबार नै सकिएपछि प्रहरीले सरकारी वकिलमार्फत थप म्याद लिएको हो ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ७ : ०९ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा